March 23rd, 2016

नयाँ पाठ्यक्रममा वित्तिय साक्षरता थप्दै शिक्षा मन्त्रालय

g s aryalनेपालमा बैँकहरुको संख्यात्मक विकास भइरहेको छ । साथै, बैँकहरु विस्तारै व्यवस्थित पनि बनिरहेका छन् । यद्यपि, नेपालमा बैँकिङ सेवा लिने सर्वसाधारणको संख्यामा भने खासै वृद्धि हुन सकिरहेको छैन । बैँकिङ सेवा लिनु त टाढाको कुरा बैँक के भन्ने कुरा नै थाहा नभएका सर्वसाधारणको समेत खाँचो छैन नेपालमा । आफूसँग भएको पैसा बैँकमा राख्दा सुरक्षित हुन्छ भन्ने कुरामा विश्वास नगर्ने प्रशस्तै नेपालीहरु भेट्टिन्छन् । मानिसहरुले पैसा कमाउन जानेका छन् तर पैसाको व्यवस्थापन, सुरक्षा र लगानी कसरी गर्ने भन्ने जानेका छैनन् । यी कुराहरु हरेक नागरिकले थाहा पाउनु जरुरी हुन्छ । यसका लागि वित्तिय साक्षरता जरुरी हुन्छ । नेपालका हरेक व्यक्तिमा वित्तिय सचेतना जगाउन र मुलुकभर वित्तिय पहुँच पुर्याउन राष्ट्र बैँकले वित्तिय साक्षरता अभियान सुृरु गर्ने जनाएको छ । यसैबिच, जनतामा वित्तिय साक्षरता जगाउने विषयमा शिक्षा मन्त्रालयले केकस्ता कदमहरु चाल्दैछ भन्ने विषयमा केन्द्रित रहेर बैँकिङ खबर डट कमले शिक्षा मन्त्रालयका उपसचिव जीएस अर्यालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनै अर्यालसँगको कुराकानीको सम्पादित अंश : 

बैँकबारे जानकारी गराउन वित्तिय साक्षरता
नेपालमा बैंकहरुको विकास भइसकेको छ । तर अधिकांश मानिसलाई बैंक के हो भनेर थाहा छैन । उनीहरुमा चेतना अभिवृद्धि गर्न आवश्यक ठान्दै र वित्तिय साक्षरतामा सबैको पुहँच बढाउने उद्देश्यले शिक्षा मन्त्रालयले वित्तिय साक्षरताको कार्यक्रम ल्याउन लागेको छ । यतिमात्र गर्दैमा वित्तिय साक्षरता वृद्धि हुन्छ भन्ने चाहिँ हैन । त्यसको लागि शिक्षा मन्त्रायलयले वित्तिय साक्षरतालार्ई स्कुल तहदेखि नै सिकाउन आवश्यक ठानेको छ । त्यसैअनुरुप नै नेपाल सरकार शिक्षा मन्त्रलायले नयाँ पाठ्यक्रममा वित्तिय साक्षरता थप गर्ने भएको छ । वर्तमान समयमा हेर्ने हो भने नेपालमा बैंकिङ क्षेत्रमा काम गर्ने व्यक्तिबाहेक अन्यलाई बैंकको बारेमा राम्रो ज्ञान छैन । त्यसैले बंैकिङ क्षेत्रको बारेमा सानैदेखि नै अध्ययन अध्यापन गराउने हो भने वित्तिय साक्षरता बढ्दै जान्छ । त्यसै अनुरुप शिक्षा मन्त्रालयले पनि नेपालमा बैंकिङ क्षेत्रको पहुँच वृद्धि गर्नको लागि यस्तो कार्यक्रम लागु गर्न लागेको छ । यो पाठ्यक्रम नेपालका लागि नयाँ भएतापनि अन्य देशहरु, अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत लगायतका देशमा स्कूल तहदेखि नै पठनपाठन हुँदै आएको छ । 

वित्तिय साक्षरताको अभियानमा केन्द्रिय बैँक
हालै मात्र नेपाल राष्ट्र बैंकले गाउँगाउँमा वित्तिय साक्षरता जगाउनको लागि नीति तथा कार्यक्रमहरु अघि सारेको छ । यसले पनि वित्तिय साक्षरता जगाउनको लागि ठूलो मद्दत पुग्ने छ । वर्तमान समयमा गहिराई देखि नै मानिसलाई वित्तिय साक्षरताको बारेमा जानकारी दिन आवश्यक छ । त्यसैअनुरुप नै राष्ट्र बैँकले पनि यस्तो कार्यक्रम ल्याएका हो । तल्लो तहहदेखि नै वित्तिय क्षेत्रमा चेतना जगाउने हो भने मानिसहरु बैंकिङ कारोबार सहजै गर्न सक्छन्, भन्ने विषयलाई आत्मसाथ गर्दै यस्तो प्रणाली लागु गर्न लागिएको हो । शिक्षा मन्त्रालयले यो निर्णयलाई पारित गरिसकेको छ । पारित भइसकेको कार्यक्रमलाई सम्बन्धित क्षेत्रका जिल्ला शिक्षा कार्यालयहरुले सञ्चालन गर्नेछन् । सामान्यतयाः वित्तिय साक्षरताबाट केके फाइदा हुन्छ, कसरी यसको प्रयोग गर्ने भन्ने विषयमा पनि मानिसलाई जानकारी गराउन आवश्यक छ । वित्तिय साक्षरता स्कुल तहदेखि नै सिक्न जरुरी छ । शिक्षा मन्त्रालयले वित्तिय साक्षरतालाई नै जोड दिँदै नयाँ नयाँ कार्यक्रमहरु ल्याउन लागेको छ ।

ग्रामीण भेगका मानिसमा बचतको वानी वसाल्न वित्तिय साक्षरता
शहरका मानिसहरुमा भन्दा गाउँका मानिसमा वित्तिय साक्षरताको कमी छ । गाउँघरतिर स्थायी जागिर नभएका र कृषिमै आश्रित भएकाहरुको जनसंख्या पनि धेरै नै छ । कमाई गर्दासम्म आम्दानी पनि हुने र काम गर्न छाडेपछि भएको पैसा पनि सकिने हुँदा उनीहरुको जीवन अन्योलमा पर्ने हुन्छ । त्यसैले ती ग्रामीण भेगका मानिसमा पनि बचतको बानी बसाल्नको लागि तल्लो तहदेखि नै वित्तिय साक्षरताको कार्यक्रम ल्याउन जरुरी छ । त्यसैले सरकारले पनि उनीहरुको जीवन सुरक्षित बनाउनको लागि वित्तिय साक्षरतालाई पाठ्यक्रममा समावेश गर्न लागेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]