November 9th, 2016

‘पाँच सय र एक हजार दरका भारतीय नोट दुई लाख पनि छैन’ : राष्ट्र बैंक

icनेपाल राष्ट्र बैंकमा भारतीय नोट २ लाख रुपैयाँभन्दा कम रहेको राष्ट्र बैंकले जनाएकोे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारु ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाउने भनेपछि नेपालमा भएका सो दरका भारतीय नोटबारे राष्ट्र बैंकले खोजी गर्दा दुई लाख नेपाली रुपैयाँ बराबरको रहेको पाइएको हो । राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौड्यालले बैंकिङ खबरसँग कुरा गर्दै भने, “५ सय र एक हजार दरका भारतीय नोट थापाथलीस्थित मुद्रण विभागमा र थोरै मात्रामा जनकपूरको शाखा भएको पाएका छौँ । कुल गर्दा दुई लाख रुपैयाँ बराबर पनि छैन ।”

भारतले कालोधन र नक्कली नोट नियन्त्रण गर्नका लागि उक्त दरका नोटहरुमा प्रतिबन्ध लगाएको हो । मङ्गलवार राती १२ ः०० बजेदेखि यी नोटहरु प्रयोगमा आउन छोडेका छन् । 

भारतको यो कदमले नेपाली अर्थतन्त्र पनि प्रभावित हुने भएको छ । नेपालको सीमाक्षेत्रका सहर बजारदेखि गाउँ तथा राजधानी काठमाडौंमा पनि भारतीय नोट प्रयोग गर्ने गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]