February 5th, 2018

सानिमा बैंकको ब्राण्ड प्रवद्र्धकमा मह जोडीलाई निरन्तरता

सानिमा बैंकले मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई ब्राण्ड प्रवर्धकका रुपमा थप दुई बर्षको लागि निरन्तरता दिने सम्झौता गरेको छ । मह जोडी बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध छ । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवन कुमार दाहाल बिच थप दुई बर्ष ब्राण्ड प्रवर्धकको लागि एक समारोह बिच सम्झौता पत्र हस्ताक्षर भएको हो ।  

सम्झौतापत्र हस्ताक्षर समारोहमा ‘मह’ जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गरे । साथै बैंकका प्रमुख  कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठित कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताए ।

उक्त सम्झौता अवधिमा मह जोडी बैंकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै— टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका बिज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]