August 25th, 2016

‘कृषकमाथि बैंकिङ लगानी अपरीहार्य’

khem pathak (1)खेम बहादुर पाठक साना किसान विकास बैंक लिमिटेड तथा कृषि केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष हुन । नेपाली कृषि क्षेत्रको विकास, विस्तार र साना किसानको स्तरोन्नतीका क्षेत्रमा क्रियाशील पाठक आफै एउटा किसान परिवारको पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । देशका अति दुर्गम गाउँका गरिब तथा साना किसानको आर्थिक स्तर वृद्धिका पाठकले गरेको योगदान खासगरि साना किसानहरुका लागि निकै फलदायी बनेको छ । सहकारीमा पनि उनको भुमिका गौण छैन । उनले सहकारी क्षेत्रमा पनि झण्डै तीन दशक विताइसकेका छन् । यसबाहेक समग्र नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षको विकास र समृद्धिमा समेत उनको भूमिका विशेष देखिन्छ । उनकै अध्यक्षतामा रहेको साना किसान विकास बैंकले साना किसान स्तरोन्नती र क्षमता विकासमा विशेष योगदान गरिरहेको छ । यसै सन्दर्भमा उनै पाठकसँग साना किसान विकास कार्यक्रम, साना किसानका समस्या र समाधानका लागि बैंकले चालेका कदमलगायतका विषयमा बैंकिङ खबरका लागि सहकर्मी शारदा भण्डारीले गरेको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरिन्छ :

नेपालमा साना किसान भनेर कस्ता किसानलाई चिनिन्छ ?
वर्ष भरी गरेको खेतिबाट विहान बेलुकाको छाक टार्न समेत हम्मे/हम्मे पर्ने नेपालको ग्रामिण भेगमा बसोबास गर्ने नेपली जनता नै साना किसान हुन । विशेषगरी देशको हिमाली र पहाडी भेगमा यस्ता किसानहरुले खेतिकै भरमा आफ्नो जिविकोपार्जन गर्ने गर्छन । तराई क्षेत्रका जमिनको तुलनामा पहाडी क्षेत्रको जमिन रुखो हुने र कृषिका लागि आवश्यक प्रविधिहरुको उपलब्धताको कमि, सिँचाइको अभाव, मल, विउ, विजनको अभाव जस्ता समस्याका कारण पहाडी क्षेत्रका किसानहरु पुरा वर्ष भरी मेहनत परिश्रम र दुःख गर्छन, तर त्यसबाट उब्जेको फलले आफ्नो परिवारको हातमुख जोर्न समेत मुस्किल पर्छ । त्यसैले, यो वर्गका मानिसहरुले परिवार धान्नका लागि अरु व्यवसाय या जागिर समेत गर्नुपर्ने हुन्छ । यो स्तरका सामान्य सर्वसाधारण जो गाउँमा बस्छन् , यिनै सामान्य जनताहरुलाई नै साना किसान भनेर चिनिन्छ । विगतका वर्षहरुमा साना र ठुला किसानको पहिचानका लागि भनेर विशेष क्राइटेरिया नै छुट्याइएको भएता पनि हालैका वर्षहरुमा त्यो क्राइटेरिया सम्बन्धित बोर्डबाट हटाइएको छ ।
 

२०३२ सालमा साना किसान विकास आयोजना नामक कार्यक्रमको सुरुवात भएको थियो, र आजसम्म आइपुग्दा यो कार्यले राष्ट्रको आर्थिक क्षेत्र सुधारका लागि दिएको योगदान अतुलनिय बनिसकेको छ । यो कार्यक्रम प्रक्रियाको बारेमा बताइदिनुस् न ।
देशमा गरिबीको रेखामुनि रहेका अति दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिबीबाट पिल्सिएका ग्रामीण जनताहरुको आर्थिक तथा सामाजिक विकासका लागि ल्याएको विषेश कार्यक्रम ‘साना किसान विकास आयोजना’ कार्यक्रमको सुरुवात भएको ४० वर्ष भन्दा बढि समय भइसकेको छ । आजको दिनसम्म आइपुग्दा यो कार्यक्रमले धेरै सफलता हाँसिल गर्नुका साथै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान समेत पाइसकेको छ । यससँगै कार्यक्रमको उदेश्य अनुरुप अति गरिब किसानहरुको स्तरमा निक्कै वृद्धि भएको छ । यसका लागि सर्वप्रथम अरु सरकारी निकाय, बैंक र वित्तीय पहुँच नपुगेका स्थानहरुमा हामी जान्छौं । यस्तो ठाउँहरु भनेको नेपालको ग्रामिण बस्ती नै हो । खासगरी यस्ता ठाउँहरुमा दुइ किसिमका गरिबहरु हुन्छन् । एक आर्थिक रुपको गरिबी र दोस्रो दिमागी गरिबी । यसको मतलब एक पक्ष पैसाको आभावमा गरिब भएका हुन्छन् भने अर्को एउटा पक्ष साक्षारताको अभावमा गरिब भएका हुन्छन् । यी दुवै तवरले गरिब भएका सर्वसाधारण जनतामाझ हामि जान्छौँ र एउटा गाविसलाई कार्यक्षेत्र मान्छौँ । उक्त गाविसका ९ वटै वडालाई समेट्ने गरी जम्मा ४०० घरपरिवारलाई आबद्ध गराएर मात्र संस्था दर्ता गराइन्छ । यसपछिको एक वर्षभरी उक्त संस्थामा आवद्ध किसानहरुलाई सम्पुर्ण वित्तीय साक्षारताका विषयमा ज्ञान उपलब्ध गराइन्छ । जस्तो, साना किसान, सहकारी, वचत, ऋण, ब्याज, बैंक तथा वित्त भनेको के हो ? त्यस्तै, उत्पादनमा लगानी गर्न के गर्नुपर्छ, उत्पादन नहुने क्षेत्रमा लगानी बढ्दा संस्था घाटामा जान सक्छ, भन्ने जस्ता वित्तीय साक्षारता सम्बन्धि अध्ययन अध्यापन गराइन्छ । एक वर्षसम्मको अध्यापनपछि त्यहाँका किसानमध्येबाट एउटा सदस्य लेभलको भुमिका निभाउन सक्ने सदस्य, अर्को संस्थाको नेतृत्व गर्न सक्ने संचालक र संस्था हाक्नस सक्ने कर्मचारी जस्ता दक्ष जनशक्तिको उत्पादन गरिन्छ । जसलाई कर्मचारीको रुपमा राखिएको हुन्छ उसलाई संस्थाको व्यवस्थापन  गर्ने, लेखा राख्ने, संस्था सुशासन तथा पारदर्शिताका विषयहरु हामिले नै सिकाउछौँ । बढिमा एक वर्षमा २० लाख पुँजी, ४०० घरपरिवार ३ तह, संचालक, दक्ष कर्मचारी र किसान अथवा सेयर सदस्यहरुको व्यवस्था गरेर उनीहरुले नै संस्था संचालन गर्न सक्ने भएपछि, एक परिपक्व संस्थाको रुपमा त्यहाँका किसानलाई नै उक्त संस्थाको सर्वाधिकार दिएर हाम्रो बैंक मात्र हैन अन्य जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्नसक्ने गरी हस्तान्तरण गर्छौँ । त्यसपश्चात मात्र हाम्रो बैंकले उक्त संस्थामा लगानी गर्छ । लगानी गर्दा व्यक्तिगत रुपमा हैन होलसेलमा संस्थालाई हामी रकम दिन्छौँ र संस्थाले किसानको लगानी क्षेत्रको पहिचान गरेर रकम सेयरहोल्डरसम्म पुर्याउने काम गर्छ । यीनै प्रक्रियाका आधारमा साना किसान विकास आयोजना कार्यक्रम देशव्यापी रुपमा हामिले चलाईरहेका छौँ ।

साना किसान र .तीबाहेकका किसानले राज्यबाट पाउने सुविधामा फरक के छ ?
राज्यले किसानलाई दिने सेवा, सुविधा तथा अनुदानका बारेमा जानकार किसानहरुले आवाज उठाएकै भरमा पनि राज्यको सेवा तथा सुविधाको उपभोग गरिरहेकै हुन्छ । तर जसलाई राज्यले किसानका लागि छुट्याएको सेवा तथा अनुदानका बारेमा कुनै जानकारी छैन वा त्यस्ता किसानहरु जो वित्तीय साक्षारताको पहुँचभन्दा बाहिर छन् । त्यस्ता किसानहरुले राज्यले दिएको कुनै सुविधा उपभोग गर्न पाइरहेका हुँदैनन् । विशेषगरी तराई मुलका किसानहरुले कृषि लाई व्यवसायीक पेशाका रुपमा लिएका हुन्छन् । जसले गर्दा उनीहरुलाई राज्यले दिने सेवा सुविधाका बारेमा जानकारी हुन्छ । तर पहाडी भेगका किसानहरुले बजारको आधारमा भन्दा आफ्नो उपयोगका लागि भनेर खेती गरेका हुन्छन् । साथै उनीहरु सूचना तथा जानकारीका हिसाबले धेरै पिछडिएका हुन्छन् । उनीहरुले राज्यले किसानका लागि भनेर कस्ता सेवा तथा सुविधाहरु छुट्याएको हुन्छ यसका बारेमा अनविज्ञ हुन्छन् ।

यसर्थ, हालैका दिनहरुमा कृषि र कृषकका लागि भनेर सरकारी बजेटमा पनि विभिन्न नयाँ कार्ययोजनाहरु प्रस्तुत भइरहेका छन् । त्यस्तै अन्य विभिन्न सरकारी निकायहरुबाट पनि कृषि क्षेत्रको प्रोत्साहनका लागि छुट्टै कार्यक्रमरु अगाडी ल्याइएको छ । कृषि विकास कार्यालय, भेटेरेनरी कार्यालयहरुबाट पनि राम्रा–राम्रा सपोर्टका कार्यहरु जिल्ला–जिल्लामा गइरहेका छन् । त्यस्तै अन्य विभिन्न दातृ निकायहरु पनि कृषकको सेवाका लागि भनेर पुगिरहेका हुन्छन् । तर ती सरकारी तथा गैरसरकारी संस्थाहरुले उपलब्ध गराएका कृषि सेवाहरु लक्ष्यित गरिब तथा साना किसानहरुसम्म पुग्न सकेका छैन । सरकारी निकायहरुबाट छुट्याइएको कृषि अनुदान मात्र व्यवसायीक तथा ठुला भनिएका कृषकहरुले मात्र प्रयोग गर्ने गरेका छन् ।

सरकारी तथा गैरसरकारी अनुदन तथा सहयोग प्राप्त गर्नबाट बचेका गरिब कृषकमाझ हाम्रो साना किसान विकास बैंक पुगेको छ । तिनै दुर्गम गाउँ, अति गरिब कृषक र वित्तीय साक्षरता नपुगेका ठाउँहरुमा सीप, प्रविधि र आर्थिक सपोर्ट मात्र हैन, चेतना र वित्तीय साक्षरता समेत उपलब्ध गराउने हाम्रो उद्देश्य हो । हामीले दिएको ज्ञानबाट सरकारी सेवा, सुविधा र अनुधानका विषयमा पनि जानकार हुन सकुन् भन्ने हाम्रो अभिप्राय हो । हाम्रो यो कार्यक्रमले ६८ भन्दा बढि जिल्लाहरु र झण्डै ६ लाख हाराहारीमा साना किसानका परिवारलाई समेट्न सफल भएको छ ।

यहाँहरुले राज्यले नै गर्न नसकेको कार्य गरेर सामान्य किसानहरुको स्तरोन्नतीका लागि यत्रो काम गर्नुभएको छ, तपाइँहरको यो कार्यक्रमको लागि राज्यको तर्फबाट कस्तो सहयोग छ ?

पक्कै पनि हाम्रो जस्तो कृषिप्रदान देशमा हामीले चलाएको यो अभियान साना किसान विकास कार्यक्रमले व्यक्ति, समुदाय र समग्र राष्ट्रकै आर्थिक तथा सामाजिक पक्षमा ठुलै योगदान पुर्यारहेका कुरा कसैले अस्वीकार गर्न नसक्ला । तर कुनै पनि काम एक दुइ जनाले मात्र गरेर संभव भएको होइन । हामीले चलाएको यो अभियानमा देशका सामान्य जनतादेखि राज्यको उच्च निकायसम्मको साथ र सहयोग मिलेको छ ।

नेपाल सरकारले सुलभ कर्जा भनेर गरिब तथा साना किसानका लागि छुट्याएको छ । जुन छुट्याइएको रकम हाम्रै संस्थाको माध्यमबाट किसान सामु पुर्याउने गरिन्छ । त्यस्तै नेपालमा मासुजन्य पदार्थहरु छिमेकी मुलुक भारत र चीनबाट आयात गर्दा राज्य बाहिर जाने १५÷१६ अर्व बराबारको रकमलाई कुनै उत्पादनशील क्षेत्रमा लगाउन सकिन्छ भन्ने उद्देश्यले, नेपाल सरकारसँग साना किसान विकास बैंकले पशु कर्जा सम्झौता गरेको छ । यसबाट नेपालका लागि चाहिने मासुजन्य पदार्थहरु नेपालमै उत्पादन गर्न सक्ने र केही वर्षपछि मासुजन्य पदार्थका लागि नेपाल आफैँ आत्मनिर्भर रहन सक्ने अनुमान पनि हामिले गरेका छौँ ।

नेपाल सरकारले पशु लगानीका लागि सस्तो कर्जा उपलब्ध गराउने र त्यसका लागि साना किसान विकास बैंकले राष्ट्रलाई सहयोग गर्नुपर्ने निर्णयसहित पशु कर्जा सम्झौता गरेको हो । सुरुमा पशुजन्य सुलभ कर्जा भनेर नेपाल सरकारबाट १ अर्व बराबरको रकम हामीले लियौँ । त्यसपछिका वर्षहरुमा बढाउँदै गत आर्थिक वर्षमा जम्मा ६ अर्व रकम सरकारबाट लियौँ । उक्त रकम सबै प्रत्यक्ष रुपमा किसानका हातमा हामीले प्रदान गरिसकेका छौँ । मासुका लागि मात्र हैन दुधजन्य पदार्थका लागि पनि नेपाल आफैँ आत्मनिर्भर हुनुपर्छ । यसका लागि पनि साना किसान विकास बैंकलाई नै साथमा लिनुपर्छ भनेर सरकारले पशुमा लगानी गर्नका लागि सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ । यसर्थ पछिल्लो समय नेपाल सरकारको सहकार्यमा साना किसान विकास बैंकले धेरै ठुला र राम्रा कार्यहरु सम्पन्न गर्न सफल भएको छ । यो नै हाम्रा लागि राज्यबाट पाएको ठुलो सहयोग हो ।

साना किसानहरुमा देखिएका समस्याहरु के के हुन् ?
साना किसानका लागि अहिलेको समस्या भनेको कृषि खेति गर्नका लागि किसानहरुले आबश्यकताअनुसार समयमा मल, बिउ–विजन पाउन नसक्नु, नेपाल सरकारले प्रदान गरेको सुलभ पुँजी सहज रुपमा प्राप्त गर्न नसक्नु, यसबारे जानकारी नै नपाउनुलगायतका समस्या छन् । त्यस्तै कृषिबाट उत्पादन भएको बस्तुका लागि प्रशोधन, भण्डारण, प्रमाणिकरण र उपयुक्त बजारको अभाव हुनु पनि समस्या नै हो । अति दुर्गम गाउँमा रहेका गरिब तथा साना किसानहरुमाझ वित्तीय जनचेतनाको पहुंच नपुग्नु, प्रविधी, सिँचाई, यातायात कृषि गर्ने प्रक्रिया र सीपको अभावजस्ता विषय पनि साना किसानका समस्याहरु हुन् ।
 

khem pathak 1यी माथिका कृषक समस्याको सम्बोधनका लागि तपाइँहरुको बैंकले कस्ता पहलहरु गरेको छ ?
हाम्रो बैंक स्थापनाको उद्देश्य नै नेपालमा कृषि क्षेत्रको विकास र विस्तार तथा नेपालका साना किसानहरुको स्तरोन्नती नै हो । जहाँसम्म साना किसानका समस्याको विषय छ, त्यो विषयमा हामिले जतिको सम्बोधन, समाधान अरु कुनै पनि संस्था तथा निकायहरुले गरेका छैनन् । यी माथि उल्लेख गरेका समस्याहरु भनेको सबै हाम्रो कृषि अभियानको पहुँच नपुगेको ग्रामिण भेगका सामान्य किसानको हो । हामी ६८ ओटा जिल्लाहरुमा कृषि अभियानमा सहभागी भइसकेका छौँ । तर हाम्रोे मात्र प्रयासले देशभरकै सबै साना किसानहरुको समस्या समाधान हुन्छ भन्ने हुँदैन । हामी अझै पनि त्यो अभियानमै छौँ । साना किसानका लागि हाम्रो साना किसान विकास आयोजना कार्यक्रमबाट सरकारसँग सहकार्य गर्दै सुलभ पुँजी उपलब्ध गराइरहेका छौँ । कृषकको अर्को समस्या प्रशोधनको समाधानका लागि झापामा चिया उद्योगको मार्फत किसानलाई प्रशोधनका कार्यहरु सिकाउने व्यवस्था गरेका छौँ । प्रशोधनकै विषयमा कृषकलाई पोख्त पार्नका लागि नवलपरासिमा धान प्रशोधन, वर्दियामा तेल प्रशोधन जस्ता उद्योगहरुको संचालन गरेका छौँ । त्यस्तै चकलाबन्धी कृषि र बिउ प्रशोधनका विषयमा पनि विभिन्न तालिमहरुको व्यवस्था गरिरहेका छौँ । यसले गर्दा प्रयोगात्मक रुपमा नै किसानहरु आफैँ कृषि खेतिका बारेमा जानकार हुन सक्छन् ।
 

साना किसानहरुमा प्रविधिको पहुँच कसरी पुर्याइन्छ ?
साना किसानहरुमा देखिएको समस्या मध्येको एक जटिल समस्या प्रविधि हो । एक त साना किसानहरु दुर्गम गाउँमा बस्ने हुँदा विकासका पुर्वाधारहरुको प्रयोगबाटै पछाडि परेका हुन्छन् । जस्तो प्रविधिहरु गाउँ/गाउँसम्म पुर्याउनका लागि आवश्यक पर्ने यातायातको अभाव पनि साना किसानको समस्या नै हो । यी सबै कुरालाई मध्ये नजर गर्दै साना किसान विकास बैंकले कृषकले गरेको खेती, बालिमा लाग्ने सामान्य रोगको उपचारका प्रविधिहरुको बारेमा जानकारी र बिसादीहरु गाउँ–गाउँमा गएर निर्माण गरेको संस्थालाई उपलब्ध गराउँछौँ । उक्त संस्थाले सम्बन्धित कृषकहरुमाझ उक्त प्रविधि र विसादी पुर्याउने काम गर्छ । त्यस्तै माटो जाँच, साना किसान विकास बैंकले गाउँ गाउँमा गएर निर्माण गरेका संस्थाहरु भएका क्षेत्रका किसानले पालेका पशुलाइ लाग्ने रोगको उपचारका लागि एक एक जना स्वास्थ्यकर्मीहरु खटाउने र बेला बेलामा कृषिसम्बन्धि तालिमहरु दिने जस्ता कार्यहरु हामीले गर्दै आइरहेका छौँ ।

यसबाहेक साना किसानलाई कृषि प्रविधिको बारेमा पोख्त बनाउने उद्देश्य अनुसार साना किसान विकास बैंकले इजरायल सरकारसँग एक सम्भौता समेत गरिसकेको छ । आधुनिक प्रविधिको प्रयोगबाट खेती गर्ने प्रक्रियाको हिसाबले विश्वलाई नै पछाडी पारिरहेको देश इजरायलमा कृषिका लागि नेपालीहरु जान पाउने विषयमा सहमति भएसँगै धेरै संख्यामा नेपालीहरु त्यहाँ पुगेर कृषिसम्बन्धी आधुनिक ज्ञान, सीप हाँसिल गरेर आइसकेका छन् । यो चौथो वर्ष हो । ४ वर्षसम्ममा जम्मा ११५० जना साना किसानका छोराछोरी त्यहाँ पुगेर आधुनिक कृषि सम्बन्धी जानकारी, सीपका साथमा हातमा पैसा समेत लिएर फर्किएका छन् । यस वर्षका लागि पनि ४३० जना साना किसानका छोराछोरीलाई त्यहाँ पठाउने हाम्रो योजना अनुरुप आजभन्दा करिब १ महिना अघि नै अधिकांश प्रशिक्षार्थीहरु इजरायल पुगिसकेका छन् भने कतिपय जाने क्रममा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]