January 8th, 2018

निर्धन उत्थान बैंकको ‘सफा दुग्ध उत्पादन तथा विविधिकरण’ तालिम सम्पन्न 

काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंकले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ पौष १६ गतेदेखि १८ गतेसम्म बिरगंजमा तीन दिने “सफा दुग्ध उत्पादन तथा विविधिकरण तालिम” सम्पन्न गरेको छ । परवानीपुर, बिरगंज, प्रसौनी र कलैया शाखाका २५ जना ग्राहक सदस्य तथा अभिभावकहरु तालिममा सहभागी भएका थिए ।

तालिम समापन कार्यक्रममा परवानीपुर शाखाका अभिभावक जनक मोहन मल्लिकले बैंकले समय समयमा आफनो ग्राहक सदस्यहरुलाई तालिम संचालन गरी नयाँ नयाँ सिक्ने अवसर प्रदान गरेकोमा बैंक ब्यवस्थापनलाई धन्यवाद दिए । 

बिरगंज शाखाकी सदस्य सुनिता गुप्ताले तालिमबाट सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न सकेमा तालिमको औचित्य रहने कुरामा जोड दिइन् । साथै आफूले सिकेका कुराहरु हामीले अन्य सदस्यहरुलाई सिकाउनुपर्ने उनले बताइन् । 

त्यस्तै, कलैया शाखाकी सदस्य मिना देवी मण्डलले तालिम ब्यवहारिक रहेकोले हामीलाई यस तालिमले अझै आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताइन् भने प्रसौनी शाखाकी सावित्री यादवले बैंकले सदैव आफनो ग्राहक सदस्यहरुको हितलाई मध्येनजर गरी यस्तो किसिमको ब्यवहारिक तालिमहरु प्रदान गर्दै आईरहेकोमा खुसी ब्यक्त गरिन् ।

तालिमका समापनमा बिरगंज क्षेत्रीय कार्यालयका निमित्त क्षेत्रीय प्रमुख हरेराम राउतले तीन दिनसम्म संचालन भएको तालिममा ग्राहक सदस्यहरु तथा अभिभावकहरुको सक्रिय सहभागिता भएकोमा उपस्थितमा सबैलाई धन्यवाद दिँदै यस तालिमबाट सिकेका कुराहरुलाई सदुपयोग गर्नेमा विश्वास व्यक्त गरे । यस तालिमले ग्राहक सदस्यहरुको आय वृद्धिमा थप सकरात्मक भूमिका निर्वाह गर्ने उनको अपेक्षा छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]