November 24th, 2021

राष्ट्र बैंकको अध्धयनले औल्याएको कोभिड पछिको अर्थतन्त्र (पूर्ण पाठसहित)

सन् २०१९ को डिसेम्बरबाट शुरु भएको कोभिड—१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्न गयो । नेपालले पनि महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरु अवलम्वन ग¥यो । कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६÷७७ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक रह्यो । २०७७ सालको उत्तरार्धबाट पुनर्उत्थानउन्मुख रहेको अर्थतन्त्र २०७८ बैशाखको तेस्रो साताबाट शुरु भएको महामारीको दोस्रो चरणको रोकथामका लागि गरिएको विविध उपायहरुबाट पूनः प्रभावित हुन पुग्यो ।

कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न यस बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१ प्रतिशत उद्योग÷व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग÷व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो । त्यसैगरी २०७७ मंसिरमा प्रथम र २०७८ बैशाखमा दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।
 व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार, २०७७ मंसिर र २०७८ बैशाखको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ कात्तिक ७ देखि १७ गतेसम्म तेस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको छ ।

पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ । यस सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन ÷कारोबार स्थिति योसर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशत बाट ९७.२ प्रतिशत पुगेको छ ।

20780808-3rd-Follow-Up-Final

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]