May 22nd, 2021

कोरोनाले अर्थतन्त्रमा पारेको असर : यसको चक्र तोडन जिम्मेवारी र संकल्पको खाँचो

जनक राज पन्त
पृष्ठभूमि
देशमा आउने विपत् र संकटहरुको निवारणमा सबैको साझा प्रयासको खाँचो पर्दछ । कुनै पनि प्राकृतिक तथा अन्य विपत्को सामनाका लागि राष्ट्रिय संकल्पद्वारा सबैको साझा सहयोगबाट मात्र व्यवस्थापन गरी मानवीय, आर्थिक तथा भौत्तिक क्षतिहरुलाई कम गर्न सकिन्छ । अहिले देखिएको कोरोना रोग विश्वव्यापी रुपमा फैलिएर एकै देशको मात्र चासो र सरोकारको विषय नभएर सारा विश्वको लागि गम्भीर चुनौती बनेको छ । यो महामारीले हालसम्म विश्वका अधिकांश राष्ट्रहरु पीडित भएका छन् । यो रोग विरुद्ध हालसम्म उचित औषधि नबने पनि भ्याक्सिनहरुको उत्पादन तथा प्रयोगद्वारा विरामीको उपचारका लागि केही प्रयास भने गरिएको छ । सम्पन्न देशहरुमा यसले केही राम्रो रिजल्ट ल्याए पनि हाम्रो जस्तो अल्पविकसित राष्ट्रमा सबै नागरिकहरुमा खोप पु¥याउनु अझै धेरै समय लाग्ने देखिन्छ । त्यसकारण पनि रोग लाग्नुभन्दा अगाडि लाग्नु नै नदिनु र रोगविरुद्धका सावधानीका जे जति उपायहरु छन् त्यसलाई मनन गरी सवै नागरिकहरुले सामाजिक, भौतिक दुरी कायम गर्न आजको आवश्यकता हो ।

कोभिडको चक्र तोड्न सबैको हातेमालो
कोभिट रोगको निवारण तथा कोभिटवाट नागरिकलाई जोगाउनु नेपालजस्तो स्वास्थ्य क्षेत्र अब्बल नभएको ठाउँमा सीमित स्वास्थकर्मी, सीमित स्रोतसाधन, फितलो व्यवस्थापन र कमजोर प्रविधिले मात्र प्रर्याप्त हुन सक्दैन् । यो रोगको निवारणका लागि परिचालित सुरक्षा निकाय तथा स्थानीय स्वयम्सेवीको परिचालनले लकडाउन वा निषेधाज्ञालाई पूर्णरुपमा कार्यान्वयन गर्न चुनौती हुन्छ । यसका लागि नागरीक समाजका अगुवा, एवं बौद्धिक व्यक्तित्वहरुले सुरक्षा निकायलाई सहयोग तथा स्थानीय जनताहरुलाई जागरुक बनाउनु र कोभिटको महामारीको चक्र तोड्न समन्वयकारी भूमिका स्थानीय तहदेखि नै थाल्नु पर्दछ ।

सरकारको भूमिका
सरकारले रोगको संकमण, प्रभाव र असरको आधारमा विना विभेद माग र आवश्यकता अनुसार स्वास्थ्य साम्रगी उपकरण आदिको व्यवस्थापनमा ध्यान दिनुपर्दछ । सरकारले तोकेको मापदण्ड लाई निविकल्प फलो गदै संकटको समयमा पहुच र विभेदको कुराहरुलाई सच्याउँदै आम नेपालीको जिवन रक्षा र रोगविरुद्ध मैदानमा उत्रिनुपर्दछ ।
स्थानीय तहका सरकारहरुले प्रदेश सरकारसँग र स्थानीय जनतासँग समन्वयनकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक छ ।
केन्द्र वा प्रदेश सरकारले पठाएको अनुदान सहयोग वा राहतलाई भ्रष्टचार नगरी पारदर्शी हिसावमा पीडितसम्म पु¥याउन मद्दत गर्नु पर्दछ । स्रोतसाधनको कमी रहेको हाम्रो जस्तो मुलुकमा बढीभन्दा बढी व्यक्तिहरुले कसरी लाभ लिन सक्छन् । यसको व्यवस्थित योजना बनाई यो रोग र संकटको बेला नहडबढाई स्वास्थ्य स्वयम सेविका, शिक्षक, कर्मचारी र अगुवा व्यक्तिहरुबाट सहयोग लिन सकिन्छ ।

कोभिड–१९ र राजनीति
त्यस्तै प्रदेश सरकार सरकार बनाउने र भत्काउने फोहरी खेलमा नलागि यो बेला राष्ट्र संकटमा हुँदा दैनिक जसो २५० सम्म मृत्यु र ९००० भन्दा बढी संक्रमित देखा परेका बेलामा स्थानीय निकायको अवस्था, रोगथामको उपाय, पूर्णरुपमा योजना र केन्द्र सरकारसँग लिनुपर्ने सहयोग तथा आ–आफ्नो प्रदेशमा जनताको जीवन रक्षाका लागि आवश्यक मेडिकल उपकरण, स्वास्थ्य साम्रगी र दक्ष जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य शिक्षा पढेर घरमा वेरोजगार बसेका व्यक्तिहरुलाई स्वंयम्सेवकको रुपमा परिचालन गर्ने र जिल्ला जिल्लाको परिस्थिति अनुसार योजना बनाउने र यसमा केन्द्र सरकारलाई विना राजनीतीक आग्रह पूर्वाग्रह अनुसार समन्वयन गर्न आवश्यक छ । प्रदेश सरकारले यसमा रेडक्रस, स्काउट, बैक तथा वित्तिय संस्थाहरुलाई परिचालन गरी रोग विरुद्धको अभियानमा जोड्न सकिन्छ ।

स्वास्थ्य सामग्रीको व्यवस्थापन
नेपालमा कोभिट रोगको टेष्ट किट, उपकरण र आउने रिपोर्टको समयावधि अनुसार सबै नेपालीलाई सामान्य जानकारी भएको विषय भनेको हामीसँग चाहिने प्रविधि र उपकरण साम्रगीको अभाव वा कमी हो । त्यसकारण यो बेलामा केन्द्र सरकार बजेट निर्माणको छलफल गर्ने तयारीमा हुँदा यो वर्ष विकास आयोजनामा गरिने खर्चका स्रोतहरुलाई एकीकृत गरी धेरै भन्दा धेरै पैसा कोभिटको रोकथाम र नियन्त्रमा खर्च गराँै । रोग नियन्त्रणमा मात्र खर्च गरेर नपुग्ला यो रोग परास्त गरिसकेपछि आउने आर्थिक संकट, वेरोजगारी तथा खाद्य संकट हुने र धेरै नेपालीले खान नपाएर मर्ने जुन अवस्था छ । त्यसको लागी व्यापारी, उद्योगी, किसान, मजदुरहरुका लागि सरकारले विशेष प्याकेज तथा अन्य आयमूलक कार्यक्रम ल्याई अहिलेको संकट कम गर्न सकिन्छ ।

संकट समाधान र भोलीको चुनौती समाधानका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकले अहिलेदेखि नै सरकारसँग समन्वय गर्दै जनतालाई राहत र टेवा पुग्ने हिसावले तयारी थाल्नु पर्दछ । संकटको बेलामा रोग तथा प्रकोपबाट बचेका हजारौँ उद्यमी वा व्यवसायीहरुलाई उत्साहित पार्न र काम गर्न र व्यवसायलाई पुरानै लयमा फर्काउन राहत तथा केही छुट र सुविधाका लागि सरकारले सोच्नु पर्दछ । कोभिट महामारीलगायत सम्पूर्ण संकटको दीगो व्यवस्थापनका लागि नेतृत्व गर्न राष्ट्रका अगुवाहरुले व्यक्तिगत, दलगत र समुदायगत र निजी स्वार्थभन्दा माथि उठि राष्ट्रिय स्वार्थमा निःस्वार्थ भावले तल्लिन हुनुपर्छ । सबै तहतप्कामा आपसी समन्वय र सहकार्यको वातारण सिर्जना हुनु आजको आवश्यकता र राष्ट्रिय चाहना एवम् सबै नेपाली जनताको माग हो । यसले सबैको भलो हुनेछ । Email: [email protected]

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]