April 4th, 2021

मेरोमाइक्रोफाइनान्स लघुवित्तका कर्मचारीलाई कार्यदक्षता अभिवृद्धि तालिम


बैंकिङ खबर/मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
महोत्तरीको बर्दिबासमा भएको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने बताउनुभयो । । साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा ब्यवहारमा ल्याउनुपर्ने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय लालगढ धनुषा र डुमरिया रौतहट अन्तर्गतका सम्पूर्ण फिल्डका कर्मचारीहरुको सहभागिता रहेको थियो। सो अनुगमन कार्यालय लालगढ अन्तर्गत ४ जिल्लाका १० शाखा कार्यालय र डुमरिया अन्तर्गत ३ जिल्लाका १० शाखा कार्यालयका ६५ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तालिममा कर्मचारीहरुलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई तालिम दिइएको थियो ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले उक्त तालिमबाट काम गर्ने हौसला मिल्नुका साथै ब्यवहारिक र निकै लाभदायक भएको बताएका थिए । यस प्रकृतिका तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६० जिल्लामा १३० शाखा कार्यालय मार्फत करिब १ लाख ३० हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्याउँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]