December 4th, 2020

लघुवित्तमा देखिएका चुनौतीहरु

– डा. रेवत बहादुर कार्की (बरिष्ठ अर्थविद्)

नेपालका ग्रामिण भेगमा लघुवित्त निकै प्रभावकारी देखिएको छ । लघुवित्त गरिबी न्यूनीकरण कम गर्ने उद्देश्यले स्थापना भएका हुन् । लघुवित्तले ग्रामिण क्षेत्रमा पूँजी परिचालन गरेका छन् । विषेशगरी ग्रामिण क्षेत्रमा नागरिकलाई लघुवित्तले प्रत्यक्ष रुपमा सहयोग पुर्याउँछ । लघुवित्तले नागरिकको घरदैलोमा पुगेर वित्तीय चेतनाको विकास गर्ने एवम थोरै थोरै कर्जा प्रवाह गर्ने गर्दछन् । लघुवित्तबाट बिना धितो कर्जा प्राप्त हुन्छ । हालसम्म नेपालमा लघुवित्तले १३ खर्ब बढि कर्जा प्रवाह गरेका छन् । जिडिपिमा करिब ४ प्रतिशत लघुवित्तको योगदान छ । अहिले लघुवित्तले ४६ लाख बढी नागरिकमा सेवा प्रदान गर्दै आइरहेको छ । जसमा २८ लाख ऋणी रहेका छन् । मुख्यतया लघुवित्तले ग्रामिण क्षेत्रका नागरीकलाई वित्तीय साक्षर बनाउन मद्दत पुर्याएको अबस्था छ । त्यससँगै लिडरसिपको पनि विकास गरेको छ । हिजो हस्ताक्षर गर्न नसक्ने व्यक्ति अहिले सामान्य भिडमा भाषण गर्न सक्ने भएका छन् । पैसा परिचालन गर्ने भएका छन् । यो लघुवित्तको योगदान नै हो ।

हाल लघुवित्तका समस्या र चुनौतीहरु
लघुवित्तले विषेशगरी ग्रामिण क्षेत्रमा नागरिकलाई विना धितो कर्जा प्रवाह गर्ने भएकाले कतिपय अवस्थामा नागरिकले आफ्नो क्षमता भन्दा बढि ऋण लिने, कर्जा चुँक्ता नगर्ने जस्ता समस्या पनि देखा परेका छन् । कतिपय ठाँउमा त के सम्म पाइयो भने, ग्रामिण भेगमा जमिनदार ठुला बडाले सस्तो ब्याजमा कर्जा उपलब्ध हुँदा घरमा विहे, बर्तबन्ध जस्ता कामको लागि लघुवित्तमा संलग्न व्यवक्तिलाई ऋण निकाल्न लगाएर प्रयोग गरेको अवस्था पनि थियो । नेपालको सिनारियोमा लघुवित्तमा करिब ९८ प्रतिशत महिलाको सहभागिता पाइन्छ । कोभिडले अहिले सम्पूर्ण क्षेत्र नै ठप्प पारेको अवस्था छ । जसबाट आम किसान, व्यवसायी, पनि पिडामा परेका छन् । जसले गर्दा कर्जाको व्याज कसरी तिर्ने भन्ने अवस्था सिर्जना भएको छ । लघुवित्तले विना धितो कर्जा ऋण प्रवाह गर्ने भएकाले अहिलेको समयमा कर्जा असुली पनि समस्या बन्दै गइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]