June 10th, 2020

छिमेक लघुवित्त डिजिटल प्रविधिमा अगाडी बढ्दै

बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी र ईसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाविच वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा छिमेक लघुवित्त वित्तीय संस्थाका ग्राहक सदस्यहरुलाई डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यसबाट वित्तीय संस्थाका ग्राहकहरु र कर्मचारीहरुलाई प्रविधिमा अभ्यस्त गराउदै वित्तीय कारोवारमा निकै नै सहजता र लागत कम हुने विश्वास गरिएको छ । यो कार्यक्रम नेपालको लघुवित्त क्षेत्रमा पहिलो अनुभव हुनेछ । लघुवित्तका ग्राहकहरुलाई लक्षित गरि संचालन गर्न लागीएको यस प्रविधि मार्फत ग्राहकहरुले आफ्नो घर घरबाटै भुक्तानी गर्न सक्नेहुँदा वहाँहरुको समयको बचत हुनुको साथै आर्थिक ब्ययभार समेत कम हुनेछ र समय अनुसार प्रविधिको सदुपयोग हुनेछ । हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ जस्ता विषम परिस्थितीको कारण बैकिङ क्षेत्रमा पारेको वा पार्नसक्ने भुक्तानी प्रणालीलाई यस प्रविधिले ठुलो टेवा पुर्याउने विश्वास राखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]