May 14th, 2020

बिपती र यस पछिको अवसर

सुशिल कडेल –

“जती महत्व पहाड र हिमालको स्थिरताको छ त्यस भन्दा बढी महत्व चोक्टीएर, दुखेर बनेको बाटुला ढुङगा गिट्टी र बालुवाको छ ।”

हामीहरु देख्ने गर्छौ पहाडहरु पटुकी कसेर अनी हिमालहरु टलक्क दात टल्काएर बसेका, यदि यसरी ति पहाड त्यसै माथीका हिमाल छाती फुलाएर बस्ने, हिउँका ढिक्का पग्लीएर पानी नहुने, पहाडका काखीबाट थोरै भएपनी पत्थरहरु लुकीलुकी नझर्ने र पग्लीएका पानीमा कहिले दाँया कोखा त कहिले बाँया कोखा गरेर पत्थरहरु नमडारीनु भने दोभानमा सिंहदरबारको गारो लगाउन चाहिने बाटुला ढुङ्गा गिट्टी, खियिदा खियिदा बनेको बालुवा कहाँबाट आउनु ? जती महत्व पहाड र हिमालको स्थिरताको छ त्यस भन्दा बढी महत्व चोक्टीएर, दुखेर बनेको बाटुला ढुङगा गिट्टी र बालुवाको छ । जसले बहु उपयोगीता सिर्जना गरेको छ । यसरी प्रकृतीमा आएको उथलपुथल जस्तै मानव जिवनमा असर सँगै अवसर पनी गर्भधारण गरेर आएको हुन्छ । कतीले चिनेर जन्माईदिन्छन् त कतीले नचिनेर, व्यवस्थापकीय क्षमताको कमीले गर्भवमा नै तुहाइदिन्छन् । यसरी नै नेपाल र नेपालीको परिवेशमा हेर्ने हो भने यस्ता प्रतिबिम्ब रिलमा कैद भएका छन् । उदाहरणकालागी हामी १२५५ एडीको देखी वि.स २०७२ सम्मको नेपालमा आएका भुकम्पका कम्पनहरु जसले घरहरु र मानिसहरुका ढाड त चर्कायो तर पनी गाँउबस्ती र समुदायको मुहार फेरिदिएको छ ।

खर र टिनले छाएका बस्तीहरु कम आगलागी हुने भएका छन् किनकी ती आज सिमेन्टेड भएकाले वि.सं २०७२ को ७.८ रेक्टर स्केल जस्तो कम्पन थेग्न सक्ने भएका छन् । यसै गरि वि.सं २०५२ फाल्गुन ०१ देखी वि.सं. २०६३ मंसिर सम्म चलेको सशस्त्र जनयुद्धले १७००० नेपालीको ज्यान लिएको छ जुन नहुनु पर्ने थियो तर पनी यस समाप्ति सङ्गै निरङकुस शासनको अन्त्य सङगै देशमा गणतन्त्रको आगमन भएको र देशबासीकालागी स्वतन्त्रताको बिगुल फुकिदिएको छ । यी र यस्ता त प्रतिनिधी राजनितीक तथा प्रकृतीक विपती हुन् जसले असर सङ्गै अवसर सिर्जना गरी दिएको छ । आजको विश्व परिवेशमा आक्रमक रुपमा आएको कोभिड १९ पनी माथी उल्लेखित उदाहरणीय बिपतीका रुप जस्तै हो जसले असर अवसर सँगै लिएर आएको छ । विश्वका ८ अर्ब जनसङख्यालाई मानवताको परिभाषा सिकाई रहेको छ । यस बिषम परिस्थितिले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्र र मानव जगतको सङख्यात्मक गणनालाई घटाएर जैविकचक्रलाई बिगारे पनि प्राय प्रभावित अविकसित र विकासोन्मुख देशहरुमा धेरै परिवर्तनको फोहोरा छरिदिएको छ जुन फोहोरा सँंगै बगीदिने वा त्यसै माथी डुङगा चलाएर व्यवसाय तथा आर्थिक र प्राविधिक विकास गर्ने जिम्मा देशको व्यवस्थापकीय पक्षमा निहित हुन आएको छ । नेपालको परिपेक्षमा हेर्ने हो भने सन् २०१५ (वि.स २०७२) को महाभुकम्पले देशको सबै क्षेत्रमा प्रभाव परेर आर्थिक वृद्धिदर सोचे जसरी नबढने प्रक्षेपण गरी पनी २०१८ (वि.स २०७४)पछिका बर्षमा जिडिपीमा प्रतिव्यक्तिआय बढेको देखिन्छ ।

जसमाविपतले असर सँगै अवसर ल्याएको जसको परिणाम स्वरुपमा नेपालको प्रतिव्यक्तिआय बढेका छ । यसै गरी स्वास्थ, शिक्षा ,बैङकिङ पहुच , पुवार्धारको विकास , प्रविधि र सडक सुविधाको उपयोगीता र उपलब्धताको दर विपती पछि अझै बढेको देखिन्छ । यसकालागी देशमा न्यायिक, प्रशासनिक, योजना तथा निती निमार्ण र त्यसको कार्यान्वन गर्ने तहहरु बिच समन्वय हुनुपर्ने देखिन्छ ।

(कडेल नेशनल माईक्रोफाईनान्स वित्तिय संस्था फापरबारीको शाखा प्रमुख हुनुहुन्छ ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]