काशिनाथ गौतम
मैले वित्तीय क्षेत्रमा काम गर्न थालेको एक दशक भयो । तर आजसम्म यो नियति भोग्नु परेको थिएन । विगत यो दुई, तीन वर्ष यता धेरै उतार चडाव देख्दै भोग्दै आएको छु । यस्तो लाग्दै छ नेपालमा जागिर गरेर गम्भीर गल्ती गरेछु ।
यस्तो लाग्छ नेपालमा खुलेका जुनसुकै प्राइभेट कम्पनी सबै यहाँ लुट्न आएका हुन् । यहाँका जनता गरिब भएका यीनै बैंक वित्तीय संस्था कम्पनी कारणले हुन्, जसरी हल्ला चलाइएको छ । मैले विगत एक वर्षदेखि घाँटीमा परिचय पत्र बोक्न छाडेको छु । र आफ्नो साथीभाई इष्टमित्रलाई आफ्नो परिचय लुकाउन थालेको छु । कहाँ के काम गर्छस् भन्ने प्रश्नमा आफ्नो परिचय दिन छाडेको छु ।
यसको एउटै कारण वित्तीय संस्था भन्ने वित्तीयकै ठग फटाहा ट्याग लगादिन्छन् । यो देश समाज बिग्रनुमा हाम्रो अग्रहणी भूमिका छ । जस्तै व्यवहार गदर्छन् । के हामी नै दोषी हो ? आखिर यो अवस्था आउनुमा बैंक वित्तीय संस्थामात्र दोषि छन् त । के हामी नागरिक अर्धचेत भएकै होत ? आफुले कति खादैछु भन्ने पनि हेक्का राख्न नसक्ने अवस्थामा पुगेकै हौ त ? केही कमजोरी बैंक वित्तीय संस्थाको पनि होला तर त्यो भन्दा बढी स्वयम् व्यक्तिको हो ।
आज देशमा खुलेआम हत्या, हिंसा, गुण्डागर्दी, तोडफोड सामान्य जस्तो भइ सक्यो । कसैलाई रिसको भरमा सनकको भरमा कसले कसलाई हत्या गर्ने हो थाहा हँुदैन् । यस्तो लाग्छ के देशमा कानून पनि छ र ? के त्यो कानूनले अपराधीलाई दण्डित गर्ने क्षमता राख्छत् ? हिजो जसरी दश वर्ष जनयुद्ध लुटपाट हुलदंगा कुटपिट हुन्थ्यो, आज त्यस्तै प्रकृती देखिँदै आएको छ । कतै यो राज्यले दोहोरो भूमिका देखाएको त छैन ? हिजो जसरी दश वर्षमा बैंक वित्तीय संस्था लुटिएर कर्मचारी ले असुरक्षित महसुस गरेका थिए । आज ठिक त्यस्तै अवस्था आएको छ । कुन बेला कुन समुह आएर आक्रमण गरेर कालोमोसो दल्ने हो भनि त्रासमा काम गरिरहेका छन् । विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थामा खास गरी लघुवित्तमा कालो ग्रहण लागेको छ । यो ग्रहण कैलेसम्म रहने हो कोही कसैलाई थाहा छैन् ।
हिजो सामान्य सानो गाउँबाट सुरु भएको केही राजनीतिक अभिष्ट पुरा गर्न आन्दोलन भनौं यात आगो । आज देशभरी फलिएको छ । अब यो आगो निभाउन सामान्य दमकलले सक्ने अवस्था छैन् । भुसमा सल्किएको आगोसरी यसले सबै तहतप्कामा जलाउँदै लगेको छ । राज्यले समयमा ध्यान नदिँदा आज विकराल अवस्था सृजना भएको छ । बैंक वित्तीय क्षेत्रमा काम गर्ने विशेष गरी लघुवित्त क्षेत्रमा काम गर्ने जो फिल्डमा गइ काम कर्मचारी आयलकायल भएका छन् । उनीहरुले यहाँ भविष्य देख्न छाडेका छन् परिवारका सदस्यले यहाँ भन्दा खाँडीमा सुरक्षित भविष्य बताउन थालेका छन् । गाउँघरमा बदनाम हुन थालेका छन् । कयौं चुनौतिको बाबजुँद पनि कर्मचारीले अझैँ परिवर्तन गर्न सकिन्छ कि भन्दै आफ्नो सेवा दिदै आएका छन् ।
के यहाँ एउटा कर्मचारीले आफु खाइनआइ हावा पानि बाढी पहिरो नभनि आर्थिक रुपमा कमजोर परिवारलाई केही गर्छु भन्ने आर्थिक रुपमा पछाडि परेका महिलालाई हिमाल पहाड तराईमा गइ सस्तो सुलभ सहज तरिकाले गाउँघरमा गइ कर्जा प्रभाह गर्नु अपराध हो । के अब पसल व्यवसाय उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ ।
भोलीका दिनमा स्वयम् व्यक्तिको कारण ग्यास चलाउन नजानेर गम्भीर लापरवाहीको कारण ग्यास पट्किएर मानविय क्षति होला के त्यतिबेला कम्पनीमा सबै ग्यासमा आगो लगाइदिने हो ? आज सडक दुर्घटना जानेर वा नजानेर मानिसहरु घाइते अपाङ्ग मृत्यु भएका छन् । भोलीदेखि सबै आफ्नो आफन्तले गाडीमा आगो लगाइदिँदै हिँड्ने हो । के हामीले यस्तै समाज खोजि रहेका छौं । लिएको पैसा तिर्दिन भन्नु संस्था खारेज हुनुपर्छ भन्नु कति जायज माग हो । मलाई कुनै मानिससँग रिस उठेको छ भन्दैमा त्यो मर्नै पर्छ भन्नु कतिको जाहेज माग हो । के अब हामीलाई कर्जा नचाहिने भएको हो । लिएको कर्जाले के जीवनभर पुग्ने हो ? यस्ता नजायज माग राखेर हामीले कहिलेसम्म आन्दोलन गर्दै जाने हो र यसमा राज्य बुद्धिजीवि वर्ग समाज चुपचाप लागेर कहिलेसम्म हेरिरहेर बस्ने हो । यस्तै अवस्थामा भोली हाम्रो भविष्य कस्तो हुन्छ हेक्का राख्नु पर्देन् । हामीले आउने पुस्तालाई कस्तो शिक्षा दिदैछौं । के हामीमा नैतिकता भन्ने सकिएकै हो ?
के विद्यालयले स्कुल फि लिएर पढाउनु अपराध हो कम्पनी खोलेर रोजगारी दिएर समाज देशमा योगदान गर्नु अपराध हो । एक हुल अराज ब्यक्ती भोक लागेको भन्दैमा होटलमा खानेर पैसा छैन के गर्छस गर भन्न थाले भोलीका दिनमा के हुने हो त्यस्को जिम्मेवारी कस्ले लिने हो । हामी कता जादैं छौं हाम्रो समाज कता जादैंछ । यो गम्भीर प्रश्न हो ?
हिजो त्यही बैक वित्तीय संस्थाबाट कर्जा लिएर विभिन्न पेशा व्यवसाय गरेका छन् । एकाध व्यक्ति बाहेक सबै राम्रै छन् । ब्यापार व्यवसाय चलाएका छन् । अधिकांशका छोराछोरी युरोपियन अष्ट्रेलिया, जापान, कोरिया जस्ता देशमा आफ्ना सन्तान पठाएका छन् । यहाँ उनीहरु गाडी दुईचार तल्ला घर खडा गरेर बसेका छन् । कर्जा लिएर सबै बन्दोबस्त गर्ने उनीहरु कसरी पीडित हुन सक्छन् ? आफ्नो सबै बन्दोबस्त गर्ने कर्जा ऋणी तिर्ने समयमा तिर्दिन भन्न कही पाइन्छ । के हामीले सिकेको शिक्षाले त्यहि भन्छ । के मानविय धर्म यही हो ? आखिर पीडित को हो दिने संस्था हो यात लिने व्यक्ति आखिर पीडित को हो ? आज बैंक वित्तीय संस्था धरासायी हुने अवस्थामा पुगेको छ । राज्य यो विषयमा बोल्नु पर्दैन् । कोही सडकमा चिच्याउँदै कराउँदै हुलदंगा मच्याउँदै हिँड्यो भन्दैमा ऊ निर्दोष छ भन्न सकिँदैन् ।
ऊ अपराध गरेर पनि रोइकराइ गरेको हुन सक्छ । सडकमा चारपाँच जना जम्मा हुँदै जानेलाई सबै यो राज्यले छुट दिँदै जाने हो भन्ने भोलीको अवस्था के होला त्यतातिर राज्यले ध्यान दिएको छ । उनीहरुलाई कानूनी दायरामा ल्याउनु पर्देन् ।
बैंक वित्तीय संस्था राज्यको अर्थतन्त्रको मेरुदण्ड हो, जसलाई एक वर्षदेखि आक्रमण हुँदै आएको छ । एक वर्षदेखि कर्मचारी दिन दहाडै अपराधीलाई जस्तै आक्रमण गर्दा पनि सहदै बस्नुपर्ने हो । कि सडकमा चारपाँच जना जम्मा हुँदैमा जसले जे गरे पनि छुट दिइएको हो । भोली यसैगरी बैंक तथा वित्तीय संस्थाले शान्ति सुरक्षा नभएको भनि काम गर्ने वातावरण नभएको बहाना गरी तालाचाबी लगाइ हात उठाएमा त्यसले कस्तो असर पार्छ ?, के त्यसको लागि राज्य सम्पूर्ण नागरिक तयार भएकै हो ? त्यसले ल्याउने परिणामको पनि राज्यले हेक्का राखोस् ।
आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न गरिब निमुखामाथि राजनीति गर्ने बन्द गरिनुपर्छ । साझ बिहान के खाउँ भन्ने नागरिकलाई उस्काएर सडकमा उतारिएको छ, नत यता कर्जा चुक्ता हुन सक्छ नत उसको जीवनमा कुनै परिवर्तन आउन सकेको छ । वास्तविक गरिब घाइते अपाङ्ग घरमा कमाउन नसक्ने परिवारको पहिचान गरेर उनीहरुलाई के कसरी व्यवस्थापन गर्न सकिन्छ । त्यसतर्फ राज्यले ध्यान दिनु जरुरी छ । जसले सबै परिवार कमाउने छन् । त्यस्ता व्यक्ति ऋण तिर्न आलटाल गरेको छन् त्यस्ता व्यक्तिलाई राज्यबाट दिइने सेवासुविधा कटाई कानूनी कारबाही गरी जाहेजेथाबाट असुलउपर गरेर भए पनि अहिलेको समस्याको निकास निकाल्नु पर्छ ।
र हामी नागरिकले पनि यो बुझ्न जरुरी छ कि त्यो पैसा हाम्रौ नै हो यती हामीले समयमा किस्ता तिरेनौ भने अर्को व्यक्तिले बचत गर्नेले दुःख गरेर राखेको व्यक्तिले पाउँदैन भन्ने कुरा बुझ्न जरुरी छ । जुन देशमा सिटामोल त सित्तैमा पाइँदैन भने ऋण मिनाहा हुन्छ भनेर एउटा अमुख व्यक्तिको पछाडि लागेर के कर्जा मिनाह हुन सक्छ त्यो केबल मुखर्ता हुनेछ । यो विषयमा राज्यले नागरिकलाई समयमा नै बुझाउनु जरुरी छ ।
एक हुल मान्छे सिंहदरबारमा रुँदै,कराउँदै, चिच्याउँदैमा राज्यले सम्झैता गर्दै जाने हो भने आगामी दिनमा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीले संस्था बन्द गरेर सुरक्षा ग्यारेन्टी माग गर्दै सिंहदरबारमा आउन नपस्लान भन्न सकिन्न । राज्यले समयमा यसतर्फ समयमा ध्यान देओस् ।
आज जसरी यी अराजक व्यक्ति समुहहरुले आफ्नो राजनीति अभिष्ट पूरा गर्न कर्जा मिनाह संस्था खारेज जस्ता माग राखि आन्दोलन गर्दा भोली हरेका ठाउँमा छुट माग्दै जानेछन् । के यो राज्यले दिन तयार हो ? के भोली केही अराजक समूहले संविधान मान्दैंनौं भनेर आन्दोलन गर्दा के संविधान खारेज गर्न राज्य तयार हो ? यसरी एक पछि अर्को सम्झौता गर्दै जाने हो भने भोली राज्य कहाँ रहँला र हाम्रो अवस्था के हुने हो यो गम्भीर विषय हो ।
जाहेज माग राख्नु हाम्रो नागरिकको नैंसर्गिक अधिकार हो तर आफ्नो माग राख्दै गर्दा अर्को को भाग पनि खोसिनु हुँदैन भन्ने त्यसतर्फ पनि राज्य सम्पूर्ण नागरिक बुद्धीजिवी आमसञ्चार माध्यम पनि समयमा चनाखो हुन जरुरी छ । भोली यस्तै अवस्था रहि रह्यो भने सम्पूर्ण बैंक वित्तीय संस्था चलाउन नसकेर बन्द गर्ने अवस्था सृजना नहोला भन्न सकिन्न । यसतर्फ राज्यको समयमा आँखा खोलोस् ।