May 13th, 2020

ऋणको व्याज घटाउन कन्जुस्याईं नगरौं – योगेन्द्र रेग्मीको बिचार

योगेन्द्र रेग्मी /

विश्वमा कोरोना भाइरसले तहसनहस बनाएको छ । यसबेलामा देशमा अत्यन्त सजग र सम्वेदनशिल भई नागरिकको सुरक्षामा लाग्न पर्ने सबैभन्दा महत्वपूर्ण खाँचो देखिन्छ। नागरिकको सुरक्षा र संरक्षणपछिको दोस्रो महत्वपूर्ण जिम्बेदारी कोरोनाले ध्वस्त बनाएको अर्थतन्त्रलाई तंग्राई अगाडि बढ्नु हो । यी दुबै पक्षमा वेलैमा ध्यान दिइएन भने यसको नकरात्मक प्रभाव सरकारको विश्वासनीयतामा पर्न जान्छ । साथै अर्थव्यवस्था टाटै पल्टन बेर लाग्ने छैन। अहिले सरकारले हरेक क्षेत्रमा आफ्नो उपस्थिति देखाई अतालिएको जनता, निसासिएको कृषि, भौतारिएको व्यवसायी जगत, अलपत्र परेको वैदेशिक रोजगार सबैभन्दा चुनौतीपूर्ण अवस्थामा गुज्रेको स्वास्थ्य क्षेत्रमा आफ्नो गतिलो उपस्थिति देखाई एक कुशल सहयोगीको भुमिका खेल्न तथा देखाउन सक्नुपर्दछ। यो वेला धम्की र शक्ति देखाएर जनता माथि राज गर्ने बेला पटक्कै होइन भन्ने यो पंतिकारलाई लागेको छ। यी सबैका समस्या बुझ्न पहिला त हरेक क्षेत्रको लागि कुशल र छरितो समुह निर्माण गरी जिम्बेदारी दिई अगाडि बढ्न अब ढीला गर्न हुँदैन।
जनतालाई स्थानीय सरकारलाई परिचालनगरी उनीहरुको पछाडि प्रदेश र संघीय सरकार जतिवेला जस्तो पनि सहयोग गर्न सक्रिय छ भन्ने विश्वास दिलाउन र्पछ। यसका लागि केही भएमा तुरुन्तै उपचार दिन सकिन्छ भनी तयारी हालतमा रहने, राहत सामाग्री बाढ्न निश्चित बुँदा र आधार बनाएर सो भित्र पर्नेलाई मात्र दिने हिसाबले पारदर्शि बन्न जरुरी छ। राहत खुल्ला छोडिदिएमा दुरुपयोग हुन्छ र दुर्घटना निम्तीन सक्दछ।

१। कृषिक्षेत्रलाई आवश्यक मल, बिउ, श्रम, पूँजी र वित्तीय स्रोत र सहयोग निश्चित आधार बनाएर अब गर्नैपर्छ। कृषि उत्पादनमा कमी नआउने किसिमले अगाडि बढाउन पर्दछ। सरकारी क्षेत्रले पर्याप्त सहयोग कृषिमा गर्न पर्ने वेला यो हो। यसमा बिलम्ब र आलटाल गर्न हुदैन।यदि कृषि उत्पादन घट्यो भने भोकमरीको वातावरण पनि आउन सक्दछ।

२। उद्योग र व्यवसायले आम्दानी भएको वेलासरकारलाई कर तिरेकै थियो । अहिले संकटपूर्ण अवस्थामा सरकारले यो वेला उनीहरुको अब सहयोगी बन्न निश्चित आधार बनाएर अगाडि बढ्न र्पदछ। यो वेला व्यवसायी जगतको माँग कर्जाको व्याजसम्बन्धि जोड देखिन्छ।यो त्यति गाह्रो अवश्य होइन।केन्द्रिय बैंकले सर्वप्रथम बैंकदर शुन्यको हाराहारील्याई बैंक तथा वित्तीय संस्थाहरुलाई बिना व्याज ऋृण दिन तयार हुन जरुरी छ।यदि यस्तो भयो भने बैैक तथा वित्तीय संस्थाहरुले पनि व्याजदर घटाई सहयोग गर्दछन् नै । अर्को सरकारले पनि अनुदान दिन आधार बनाई अघि बढ्नपर्ने देखिन्छ।

३। नेपालको वैदेशिक मुद्रा आर्जनको प्रमुख आधार वैदेशिक रोजगारको देखिन्छ र हो । यो अत्यन्तै संकटपूर्ण अवस्थामा गएको छ। वैदेशिक रोजगारीमा जानेहरुको बिचल्ली भएको छ।आफ्नो घरमा समेत आउन नपाउनेगरी सरकारले रोक्न हून्थेन रोक्यो धोखा दियो। यो सरकारले गरेकोअपराध हो।नागरीक विरुद्ध यस्तो गर्न हुदैन।उनलाई नेपालमा ल्याउने क्वारेन्टाईनमा राख्ने स्वास्थ्य उपचार गराउने र घर पठाउन पथ्र्यो यो भएन। अब अझै बाँकि भएका नेपालीहरुको अवस्था बुझि सो देशको सरकारसंग सहयोगमागि उनीहरुलाई व्यवस्थित गर्नुपर्दछ।यो वेलाराजदुतहरुलाई सक्रिय गराई जसरी पनि उनीहरुको समस्या समाधानमा लाग्नुपर्दछ।यो परराष्ट्र मन्त्रालयको पनि जिम्बेदारी हो।

४। स्वाथ्य क्षेत्रका समस्या बुझ्ने तथा यसका वीज्ञहरु यस क्षेत्रमा सेवारत चिकित्सक, परिचारिका र अरु व्यक्तिहरु हुन्। उनका कुरा सुन्न सक्नुपर्यो। पहिला उनको सुरक्षा हुनपर्यो।उनीहरु नै विरामी भए उपचार कसले गर्दछ रु त्यसैले उनीहरुसंग नै राय सुझाव माग्नपर्यो। स्वाथ्यकर्मीको सुरक्षागरी काममा लगाउनपर्दछ। उनीहरुले उपयुक्त व्यवस्था भएमा काम गर्न आनाकानी पक्कै गर्दैनन्। तर शक्ति देखाउने वेला यो होइन। फ्रन्ट लाइनमा कामगर्नेलाई सहि व्यवस्थापन गर्न जरुरी छ।

आर्थिक असरः

कोरोनाको कारणले सरकारले ठूलोधनराशी स्वास्थ्यमा लगाउनुपर्ने हुन्छ। बजेटका स्रोतहरु खुम्चिनेछन्। त्यसैले यसका असरहरुलाई निम्नअनुसार व्याख्या गरीएको छ।

१। सरकारका आयस्रोतहरुमा संकुचनःजसले बजेट नै साँघुरो बन्नेछ। पूँजीगत लगानीपनि घटाउनपर्ने र सञ्चालन खर्च कटौती गर्नपर्ने हुन्छ। अझ भन्दा मौका परे स्रोत नै नहुने वेला आउन पनि सक्छ। यस्तोअवस्थालाई रोक्न सक्नुपर्छ।

२। वैदेशिक मुद्राको सञ्चीतिमा भारीह्रासःकिनभने संसारभर लकडाउन छ।वैदेशिक रोजगार बन्द छ। पर्यटन सम्बन्धी उद्योग चौपट भयो। यो फर्कन ३ देखि ५ वर्ष लाग्न सक्छ।वैदेशिक ब्यापार नेपालको सधैं घाटामा थियो। त्यसैले यो त डरलाग्दो अवस्थामा पुग्न बेर छैन।

३। बजारमा तरलताको अभावःसाना तिना कारणले त बजारमा तरलता अभाव भएरबैंकहरु रुदा नेपाल राष्ट्र बैंक र सरकारले बैंकहरुलाई गालि गरी जिम्बेदारीबाट पन्छिन खोज्दथ्यो यो त संकटकै वेला भयो। कृपया नेपालको आधुनिक बैंकिंग प्रणाली पेज नं। १५०मा हेर्नुहोला।

४। महंगी बढ्नेःअभाव सृजना भएपछि महंगी त बढ्ने नै भयो।यसको कारण उत्पादनमा हुन सक्ने ह्रासले हो। साथै मुद्राको क्रयशक्ति क्षिण भएपछि त यो अतिसामान्य भयो। साथै आपूर्ति व्यवस्था नराम्रो हुँदा यसको असर महंगीमा देखिन्छ। कृतिम अभाव सृजनागरी महंगी बढाउने जमात पनि नेपालमा कम छैन।

५। बेरोजगारी बढ्नेःदेशमा पहिलेदेखि बेरोजगार भएर विदेश भौतारिएको जमात त छदैथियो। अहिले विदेशमा समेत बन्द भएपछि सबै घर फर्केपछि झन् बढी बेरोजगारी थपिने नै भयो।

समाधानका उपायहरुः 

१। स्वास्थ्य क्षेत्रमा भने निर्विकल्प लगानी गर्ने वेला हो। यसमा लगानी बढाउनपर्छ। सरकारले अब आधार बनाएर पूँजीगत लगानीका लागि परियोजना छनौटगरी प्राथमिकताको आधारमा गर्नुपर्छ र सो आधारमा पूँजीगत लगानी छुट्याउनुपर्छ। सञ्चालन खर्च पुरै कटाउनपर्छ। यसकालागि सबै राजनैतिक तथा उच्च ओहोदाको पारिश्रमिक तथा सुविधा ५० प्रतिशतले कटौती गर्नैपर्छ।सहसचिवदेखि माथिका सबैको सुविधा र पारिश्रमिक ४०प्रतिशतले कटौति गर्ने। अरु राजपत्रांकित पद वा सो सरहको ३५ प्रतिशतले कटौति गर्ने, राजपत्र अनकितको ३० प्रतिशतले र अन्यको २५ प्रतिशतले कटौति गर्नपर्दछ। त्यस्तै अरु खर्च पनि ५० प्रतिशतले कटौति गर्न पर्दछ। यो संकटपूर्ण बेला भएकोले पेन्सनधारीको सुविधामा २० प्रतिशत कटौति गर्ने। यो वर्ष छुचो बजेट बनाउन जरुरीछ। भवन निर्माण, मेशिन औजार,सवारीसाधन खरीद नगर्ने नीति बनाउनपर्दछ। खरीद गर्नैपर्ने भए त्यसबाट पुग्ने हानी नोक्सानी र असर हेरेर गर्ने। यो सबैले सहयोग गर्ने वेला हो र गर्नैपर्दछ।

२। ‘विदेशबाट फर्कैको श्रम अब देशमा परिचालन गरौ भनी नारा गाँउगाँउ र बस्तीबस्ती पुर्याउनपर्छ।‘ काम गरौ घरबारी खेत जति भनी सरकारले आव्हान गर्ने र आफ्ना कार्यकर्ता तथा सहयोगी समेतलाई मौरी बनाइ काममा लगाउने। अब अरिंगाल बनाउने हैन। विदेशी दातृसंस्थाहरु एसिएन बैंक, आईएमएफ, र्वल्डबैंक, डब्लुएचओ आदिमा तुरुन्तै सहयोगको निवेदन र प्रस्ताव गर्ने। विदेशकामित्र राष्ट्रसंग झोली थप्ने वेला हो।अनुनय विनय गरेर माग्ने। राजदूतलाई विदेशी सरकारका समक्ष पठाउने। सके पुरानो ऋण नत्र ब्याजै भएपनि मिनाहा माग्न लाज मान्न हुन्न। अरु माग्नमा जेपाईन्छ माग्ने वेला हो । मास्क दिए, भ्यान्टीलेटर दिएभनेपनि, नेपालीको ज्यान जोगिन सक्छ। राजदुत लाज मानी कार्यालय बस्ने वेला होइन। सहि समयमा त मागेर राज्य डुबाएका हामीलाई यो संकटको वेला माग्न लाज पट्क्कै मान्न हुन्न भन्ने मलाई लाग्छ। आयात सकेसम्म बन्दै गरौ यो संकटकाल हो। भोली जति पनि आयात गरौला बाँचेमा।

३। केन्द्रिय बैंक अब नियमन मात्र होइन सहयोगी बनौ ब्याज घटाउन कन्जुस्याई नगरौ तरलता पनि विचार पुर्याएर अनुगमन र नियन्त्रण गरी संकट आउन नदिउ । सबैलाई विश्वासमा लिएर अगाडि बढौ सब संभव छ।समश्या मात्र नदेखाउ । अरु बैंकमा पनि खारिएको जनशक्ति छ भन्ने सोचौं। उनले पनि रचनात्मक सुझाव दिन्छन्। उनलाई यो वेला सहयोग गर्ने वेला हो भनी उत्प्रेरित गरौं। तर गलत गरे दोब्बर सजाय लगाउ र पत्ता साफ गरौं।

४। अहिले तेलको मूल्यमा आएको कमीले महंगी नियन्त्रण होला भन्ने आशा छ। अब देशको कृषि उत्पादन बढाएमा त्यसले सबै सन्तुलन गर्न सकिएला। यो मेरो बाबाको पनि भनाई थियो उहाँले ‘महंगी बढेर हामीलाई के हाम्रो धान, गहुँ,मकै, कोदो र पशुको भाउ पनि बढेको छ यसले सबै सन्तुलन गर्छ, भनेको मैले सानोमा सुनेको थिए। मेरोविद्यालय सानोमा नदेखेको र आफू विद्यालयको अध्यक्ष भएपछि देखेको बाबाको भनाई हो। हाम्रा अर्थमन्त्री त पी।एच।डी। गरेको अनुभवी व्यक्तित्व हुनुहुन्छ।उहाँका लागि यो कुरा चुडकी नै हुन्छ।

५। अब यो वर्ष सब कृषिमा लागम भनेर अभियान चलाउ। अझै विद्यालय तथा महाविद्यालय खोल्न उपयुक्त नहोला। हाम्रो कृषि पक्का सफल हुन्छ। स्व। मनमोहन अधिकारी प्रधानमन्त्री हुदाँ‘ आफ्नो गाँउ आफै बनाउ, आयो अहिले‘ हाम्रो कृषि हाम्रो जीवन भन्दा देश बन्ला अरु के होला र यसैमा लागौ।

अन्त्यमा, यो वेला संकटकाल ऐन निर्माण गरी राज्यका कानून विरुद्धगरी भ्रष्टचार गर्ने तथा अरु अपराध गर्नेलाई दोब्बर सजाय हुने व्यवस्था गरौं। सबैका राय सुझाव लिउ, राजनैतिक दलको सोचबाट माथि उठाउँ।राज्य र जनता जोगाउ। सबैले देशकोलागि गर्ने वेला यही हो यो वेला जसले जे सक्छ सहयोग गरौ नत्र यो संकट महामारीको रुपमा आउन सक्दछ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]