May 8th, 2020

लकडाउन : लघुवित्त, अर्थतन्त्र र हाम्रो दायित्व

सुशिल कडेल –

भनिन्छ आजको २१ औ शताब्दी वैज्ञानिक युग जहाँ असम्भव भन्ने प्राय केहि छैन । यि र यस्ता शब्दावलीहरु सँगै नाता जोडिएर आउने गर्छ दैविक विपती र यसको समाधान । वैज्ञानीक रुपमा युगको परिभाषालाई नै प्रश्नवाचक चिन्ह खडा गरेर आउने यस्ता बिषम परिस्थितीका पछाडी एक कारण छ प्रकृती र मानव बिचको सिमा । दु्रत रुपमा दौडिरहेको मानवयान प्रकृतीलाई साथमा लिएर हिड्दै थियो तर आज यसले आफु र प्रकृती बिचको घनिष्टतालाई छोट्याएर विश्वको मानव जगतको निजी स्वार्थलाई पुरा गर्ने हेतुले काम गर्दै गर्दा प्रकृती र मानव बिचको सम्बन्ध विच्छेदको एउटा परिणाम वैज्ञानिक युगका अवैज्ञानिक गुरिल्लाहरुले भोगिरहेका छन् । जसको परिणामलाई हामी गएको डिसेम्बर २०१९मा चिनको वुहान प्रान्तबाट देखिन सुरु गरेको कोरोना (कोभिड – १९ ) लाई लिन सक्छौ । जसले आजको मिती सम्म विश्वको पहिलो शक्ति राष्ट्र बन्न लागेको चिन, स्वास्थ व्यवस्था अत्यन्त चुस्त दुरुस्त भएको इटाली, विश्व हल्लाउछु भन्ने उत्तर कोरिया, विश्वकै बाघडोर सम्हाली रहेको अमेरिका लगायत विश्वका १९५ मध्य प्राय सबै देशमा हराएको मानवता बिउताउदै छ । यस्तो विश्व नै आक्रान्त भएको अवस्थामा नेपालपनी पनि यसबाट अछुतो रहेको छैन । देशमा बन्दाबन्दी र संक्रमितको संख्या बढ्ने क्रम क्रमश जारी छ । यस बिषम परिस्थितीले देशको २०१९ मा रहेको आर्थिक वृद्धिदर झरेर २.५% तिर आई पुग्ने र दोहोरो अंकमा वृद्धिदर बनाउन दौडिरहेको छुकछुके रेललाई रोक्ने निश्चित छ । किनकी पर्यटन, वैदेशिक रोजगारी, पूर्वाधार विकास, उद्योग तथा व्यवसाय प्रभावित भएका छन् । यस अवस्थामा आर्थिक क्रियाकलापमा अग्रणी भुमीका खेलीरहेको बैकिङ तथा वित्तीय क्षेत्र पनी यसको सिकारमा परेको छ । अझ भन्ने हो भने साना उद्यम गर्न चाहनेलाई बैकिङ सेवा प्रवाह गर्ने, बिपन्न समुदायमा कार्य गरिरहेको लघुवित्त वित्तीय संस्थाहरु अन्यको तुलनामा जोखिममा रहेका छन् किनकी कोरोनाको सिधा चाडो प्रभाव कम आय भएका दैनिक ज्यालादारी गर्ने समुदाय, कृषक र साना पुँजी भएको व्यवसायीमा परेको छ । यसबाट समयमा किस्ता नउठ्ने, कर्जा नोक्सानी व्यवस्था बढाउनुपर्ने, ग्रामीण परिवेश तथा बिपन्न परिवारमा सेवा प्रवाहमा जोड दिनुपर्ने भएतापनी कार्य सञ्चालन व्यवस्थित र लगानीको वातावरण बनाई राख्न आवश्यक पर्ने मुनाफा ऋणात्मक हुन सक्ने अवस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई असर गरेको छ । 

यस अवस्थामा राष्ट्र बैंकबाट जारी निर्देशन मिती २०७७।०१।१६

कोरोनाको लकडाउन पछि किस्ता संकलनमा आउने समस्याका कारणहरु :
भविष्यको लागी रकम बचत नहुनु ।
रकम भएर पनी परिस्थिती सामान्य नभएको कारण नियमित सदस्य सँग सम्र्पकमा नरहनाले किस्ता पछि तिर्दा हुन्छ भन्ने मानसिकता हुनु ।
बजार स्वभाविक रुपमा पुरा नखुलेको कारण उत्पादित वस्तुले बजार नपाउनाले नगदको सिर्जना नहुनु ।
सदस्यहरुले कर्जाको पुर्ण उपयोग गरेको नहुनु ।
समयमा किस्ता तिर्दामा पाईने छुटको बारे कर्मचारीले जानकारी गराउन नसक्नु ।

किस्ता समयमै नउठ्नाले शाखालाई पर्ने प्रभावहरु :
शाखाको सञ्चालन खर्च यथावत रहने हुनाले किस्ता नउठनाले ब्याज आम्दानी नहुने हँुदा शाखाको प्रगती ऋणात्मक हुने ।
किस्ता नउठ्नाले कर्जाको नोक्सानी व्यवस्था बढाउदै लैजानु पर्ने ।

शाखाको प्रगती ऋणात्मक हुनाले कर्मचारीहरुको पदोन्नती नहुने ।

अन्तमा :
समस्याहरु नआउनु भनेको व्यक्तिको नयाँ कुरा सिक्ने ढोकाहरु बन्द हुनु हो । त्यसैले नयाँ कुरा सिक्नको लागी कोशिस जारी राख्नुस र ति समस्या हल गर्नकोलागी नियमित सदस्यहरु सँग सम्र्पकमा रहने, ताकेतालाई बढाउने, ताकेता जादा एक चोटी पुरै किस्ता नभएपनी थोरै थोरै अंश अंशमा संकलन गर्ने, धितो कर्जालाई प्राथमिकता दिने जस्ता कार्य गर्नु उचित हुन्छ ।

(कडेल नेशनल माईक्रोफाईनान्स वित्तिय संस्था फापरबारीको शाखा प्रमुख हुनुहुन्छ ।)

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]