May 1st, 2020

वित्तीय क्षेत्रमा कर्जा असुलीको प्रभाव : समस्या र समाधानहरु

दिनेश कटुवाल /

कुनैपनि वित्तीय संस्थाको उत्पादन वा विक्री गरिने वस्तु भनेको उसले प्रदान गर्ने कर्जा र सेवानै हो । वितरीत कर्जाको सावा व्याज निर्धारित समयमा असुली हुनसकेमा संस्थाले कार्यक्रम निरन्तरता दिन, वित्तीय स्वसक्षमता (Self Sustainibility ) हासिल गर्न, थप कार्यक्रम विस्तार गर्न वित्तीय लगायत अन्य दायित्व निर्वाह गर्न असमर्थ हुन्छ ।

वित्तीय संस्थाले लगानी भएको कर्जा असुलीमा समस्या देखानपरोस भनेर पुर्वाद्धमा नै सतर्कता , निरिक्षण, अनुगमन प्रणालीलाई प्रभावकारी वनाउनु पर्दछ । किनकी रोग लागेर औषधि गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम ( Prevention is better than cure ) हो । समस्या आउन नदिन गरिने प्रयास श्रम, समय र लागत समस्या आउन नदिन गरिने प्रयास तथा लागत भन्दा कयौं गुणा वढि हुन्छ ।

अधिकांश वित्तीय संस्थाले लगानी गरेको कर्जाको अधिकतम हिस्सा (करिव ८० प्रतिशत ) विनाधितोमा रहेको छ , यस्तो कर्जाको धितो भन्नु नै ग्राहक हरुको इमान्दारिता, मेहनत, भुक्तानी क्षमता, समुह विचको सहयोग र दवाव हो , त्यसैले लघुवित्त कर्जामा अन्य धितोउन्मुख कर्जा भन्दा वढि जोखिम निहित रहेको हुन्छ । यसको साथै यस्तो कर्जा ग्राहक सदस्यहरुलाई एकपटक मात्र नभई निरन्तर प्रदान गरिने हुदा समुह निर्माण, कर्जा प्रवाह , अनुगमन निरीक्षण आदी सवै प्रकृया तथा अवस्थामा वढि भन्दा वढि सजगताको आवश्यकता पर्दछ ।

असुली समस्यावाट उत्पन्न हुने लागत तथा प्रभाव ( Cost of Delinquency )

कर्जा असुलीमा देखापर्ने समस्याले संस्था, कार्यक्रम, कर्मचारी तथा स्वय ग्राहक, सवै पक्षलाई नकरात्मक असर पर्न जान्छ , जसलाई संक्षेपमा तल उल्लेख गर्न सकिन्छ ।

  •  व्याज आम्दानीमा हास : यसवाट संस्थाको वित्तीय स्वास्थ्यमा (आत्मनिर्भरता, क्षमता) नकारात्मक प्रभाव पुरयाउदछ ।
  • कोष व्यवस्थापनमा समस्या : कर्जा प्रवाह चक्र (ऋण वितरण . असुली . पुन ऋण वितरण ) मा व्यवधान उत्पन्न गरि एकातर्फ संस्थाको ऋण प्रवाह क्षमतामा कमि ल्याउछ भने अर्को तर्फ वित्तीय वजारमा संस्थाको साख घटन गई विभिन्न वैक तथा वित्तीय संस्थावाट कर्जा ( फण्ड ) प्राप्त गर्ने क्षमतामा नकारात्मक असर पुरयाउदछ ।
  •  खरावकर्जा व्यवस्था र अपलेखन खर्च वढदै जादा संस्थाको प्राथमिक पुजी ( Core Capital ) मा नकारात्मक असर पुग्दछ ।
  • संस्थामा कार्यरत कर्मचारीहरुको तलव सुविधा, मनोवलमा कमि ल्याउछ ।
  • लगानीकर्ताहरु प्रतिफलवाट वंचित हुन पुग्दछन ।
  •  निष्कृय कर्जा संस्थाको फोहोरको थुप्रोको रुपमा रहेको हुन्छ ।
  •  समस्यासंग जुध्न वढि श्रम, समय रकम खर्च गर्नु पर्ने हुदा लागत ( संचालन तथा अन्य खर्च ) मा वृद्धी हुन जान्छ ।
  • संस्थाको साख तथा छविमा नकारात्मक असर पर्न जान्छ ।
  • Defult ग्राहकहरु निरन्तर कर्जा पाउने अवसरवाट वन्चित हुन्छन भने, अन्य सदस्यहरुको मनोवलमा समेत कमी आउदछ ।
  •  समस्या विस्तार भै अन्यत्र पनि थप समस्या देखापर्न जान्छ ।

कर्जा असुलीमा समस्या, कारण तथा नियन्त्रण :

कर्जा असुलीमा प्रभावकारीता ल्याउन, कर्जा अनियमित (Delinquency) हुन सक्ने वा समस्याको कारकहरुको पहिचान गरि त्यसप्रति सर्तकता अपनाउने र समस्या देखा परिहालेमा यथासक्य चाडो समाधान गर्ने तर्फ प्रयासरत रहनुपर्दछ ।

कर्जा असुलीमा देखापर्ने समस्यालाई निम्नानुसार विविध पक्षवाट विश्लेषण तथा समाधानको उपायहरु अपनाउन उपयुक्त हुन्छ ।

(क) आन्तरिक कारण :

समस्या : कर्जा दुरुपयोग हुनु। कर्जाको पुर्ण सदुपयोग नहुनु । 

समाधानका उपाय : यो समस्या कर्जाको प्रभावकारी असुलीको प्रमुख समस्या रहेकोले कर्जा प्रवाह गर्दा परियोजनाको लागत तथा ग्राहकको आयश्रोतलाई ध्यानमा राखेर गर्नुपर्दछ तथा समय समयमा सदुपयोगीता निरीक्षण गरिरहनुपर्ने हुन्छ ।

समस्या : सदस्यको वसाई सराई : यसले गर्दा कर्जा किस्ता भुक्तानीमा समस्या आउने, समुह विघटन जस्ता समस्या देखापर्ने हुन्छ ।

समाधानका उपाय :
समुह गठन गर्दा संभव भएसम्म स्थायी वासिन्दा, लामो समय देखि वस्दै आएकालाई समावेश गरिदा यस्ता समस्यावाट वच्न सकिन्छ ।

समस्या : वचत परिचालनमा कमि :

समाधानका उपाय : ग्राहकहरुवाट संकलन हुने वचतले वैकलाई फण्ड व्यवस्थापनमा सहयोग पुरयाउनुका सााथै नियमित कर्जा असुलीमा ठुलो सहयोग पुग्नेहुदा ग्राहकलाई वचत गर्ने विभिन्न आकर्षक कार्यक्रम का साथ प्रोत्साहित गर्नुपर्दछ ।

जिम्मेवारी वहन, सामुहिक भावनामा कमि :
समस्या : केन्द्र प्रमुख, समुह अध्यक्षवाट सदस्यहरुको सदुपयोगीता निरिक्षण गर्ने दायित्ववाट विमुख हुदै गएको, नियमीत कर्जा भुक्तानी नगर्ने सदस्यहरु उपर हुनुपर्ने सामुहिक दवाव (Pressure) हटदै गएको

समाधानका उपाय : सामुहिक सहयोग (Peer Support), सामुहिक दवाव ( Peer Pressure ) तथा केन्द्र प्रमुख, समुह अध्यक्षको जिम्वेवारी उत्साहपुर्वक वहन गर्न अभिप्रेरित गर्न, निश्चित अवधिको अन्तरालमा, केन्द्रप्रमुख सदस्यहरुको भेला गोष्ठी, पुर्नताजगी तालिम संचालन गर्न उपयुक्त हुन्छ यसको साथै सिपविकास तालिम तथा अन्य तालिमको माध्यमवाट सदस्यहरुको आय वृद्धिका साथै वैकप्रति ग्राहकको सम्वन्धलाई अझ घनिष्ठ वनाउन सकिन्छ ।

समस्या : ग्राहक सदस्यको धेरै लघुवित्त संस्थामा आवद्धता : दोहोरोपन (Duplication) को समस्या ।

समाधानका उपाय :  यस्ता सदस्यहरुवाट कर्जा  Default  हुने समस्या आउने हुदा, समकक्षी अन्य संस्थासंग जानकारी आदान प्रदान गरि सदस्यहरुलाई कुनै एउटा संस्था संग कारोवार गर्न सक्ने वातावरण वनाउने , आपसी छलफल वाट कार्यक्षेत्र पनि छुटयाउन सकिन्छ ।

समस्या : परम्परागत व्यवसाय – परीयोजनाको प्रतिफल अत्यन्त कम रहेको

समाधानका उपाय : ग्राहक सदस्यहरुको आय आर्जन वृद्धीका लागी वढी प्रतिफल दिन सक्ने परीयोजनाको पहिचान गर्ने/ छनौट गर्ने, वजार अध्यन र क्षमता विकासमा दातृसंस्थासंग समन्वय गरि शिपविकास/क्षमता विकास,नया परियोजनाको जानकारी गराउने सम्वन्धी तालिम,गोष्ठी ग्राहक सदस्यहरुलाई प्रदान गर्न कार्यक्रम ल्याइनुपर्ने ।

(ख) वाह्य कारण ( External Factors

समस्या : प्राकृतिक विपत्ति, परियोजनाको क्षति,नास : (पारिवारिक दुर्घटना, विरामी, मृत्यु ) जसले गर्दा ग्राहक समस्याग्रस्त हुने, आयस्रोत नै नासिन गई किस्ता भुक्तानीमा समस्या आउने, वैक संगको कारोवारको नै अन्त्य हुने संभावना देखापर्न सक्छ ।

समाधानका उपाय : यस्ता समस्याग्रस्त ग्राहकक हकमा अतिरिक्त व्याजमा छुट दिने, पुनरकर्जा प्रदान गर्ने, पुरानो र नया कर्जाको किस्ता निजको आय स्रोतले धान्न सक्ने आधारमा निर्धारण गरि यस्ता ग्राहकहरु संगको कर्जा कार्यक्रमलाई निरन्तरता दिन सकिन्छ ।

समस्या : आर्थिक मन्दी/कोरोना प्रभाव : लकडाउन : हाल कोरोनाको प्रभावको कारण व्यवसाय संचालन गर्न सकिएको छैन ।

समाधानका उपाय : नियमन निकायवाट प्राप्त सुविधाहरुको सदसपयोग गर्ने, वित्तीय संस्था स्वयमले राहतको प्याकेज ल्याउने, खर्च घटाउने तर्फ अग्रसर हुने, प्रविधिको प्रयोग गर्ने, तथा केन्द्र बैठक संचालन प्रक्रियामा परिवर्तन गर्ने ।

समस्या : राजनैतिक हस्तक्षेप : विभिन्न राजनैतिक पार्टी तथा समुहवाट कर्जा असुलीमा प्रभाव पार्ने गरि भ्रम उत्पन्न गराउने ( वैकवाट चर्को शोषण भएको कुरा उठाउने , व्याज मिनाहा, सावा मिन्हाका प्रसस्त उदाहरणहरु रहेका ) गरिन्छ ।

समाधानका उपाय :  विभिन्न राजनैतिक पार्टी , समुहहरुको भेला गराई निम्नानुसार तथ्य अवगत गराउनुपर्दछ ।
वैकको उद्देश्य, गरिवी निवारण र महिला सशक्तिकरणमा पुरयाएको योगदान, वैकको कार्य प्रकृति, जसको कारणले अन्य वित्तीय संस्थाको भन्दा वढि प्रसाशनिक खर्च लाग्ने कुरा, अन्य संस्थाको कारोवारमा अप्रत्यक्ष खर्च धेरै वढिहुने
साहुमहाजनवाट हुने चर्को शोषणसाथै ग्राहकहरु संग अन्तरक्रिया गरि कुनै हल्ला , भ्रमको पछि नलाग्न तथा कर्जा छुट, व्याज मिन्हा नहुने यथार्थवोध गराउनुपर्दछ ।

(ग) विविध समस्या र समाधान :
उपरोक्त समस्याहरु वाहेक धेरै पुराना कर्जाहरु जसको यथास्थितीमा कर्जा असुल हुने संभावना ज्यादै न्युन छ , यस्तो कर्जाको अवधि अनुसार सावा ÷ व्याजको वर्गीकरण गरि संस्थालाई आइपर्ने व्ययभार समेत विचार गरि निम्न मध्ये कुनै एक उपाय अवलम्वन गर्न उपयुक्त हुन्छ :

  • सावां र सो वरावर व्याज लिई वाकी व्याज छुट दिई कर्जा चुक्ता गर्ने,
  • सावां र नियमित व्याज मात्र लिइ अतिरिक्त व्याज छुट दिने,
  • सावां मात्र असुल गरि कर्जा चुक्ता गर्ने,
  •  नगद असुली संभव नभएमा धितोमा परिणत गर्न प्रयास गर्ने,
  • तर यस्ता ऋणीहरुलाई कर्जा चुक्ता पश्चात यथेष्ठ धितो वाहेक सामुहिक जमानीमा मात्र पुन ऋण प्रदान गर्न उपयुक्त हुदैन ।
  •  वन्द हडताल तथा अन्य विदाको कारणले किस्ता असुली प्रभावित भएमा असुली सुचारु हुनासाथ पुरानो वक्यौता समेत असुल गरि तोकिएको समय भित्रै कर्जा चुक्ता गर्न प्रयासरत रहनुपर्दछ ।
  •  धेरैनै समस्याग्रस्त केन्द्रहरु, ( नियमित केन्द्र मिटीङ नवस्ने, धेरै पुरानो कर्जाहरु रहेको ) जहा कर्मचारीहरुको उत्प्रेरणा , दवाव त्यति प्रभावकारी भइरहेको छैन, लाई ग्राहकको सहमतिमा सहकारी इकाइमा परिणत गरि प्रशाशनिक खर्चमा ( कर्मचारी खर्च / अन्य खर्च ) व्यय हुने रकम यस्ता इकाई लाई कमिसन / छुट / शुल्कको रुपमा प्रदान गर्दा उनीहरुवाट नै दवाव सिर्जना भई कर्जा असुली सक्रिय गराउन मदत पुग्न सक्दछ । 

(लेखक : नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका  सहायक महाप्रबन्धक हुन् ।) 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]