April 4th, 2020

कोरोना भाईरसले बैंकरहरुलाई दिएको अवसर र सम्भावनाहरु

महेश राज जोशी / ईश्वी सम्वत २०१९ डिसेम्बर अन्त्य देखी चीनको हुहान सहरबाट सुरु भएको कोरोना भाइरस चीनको सबै भन्दा ठुलो चाड स्प्रीङ फेष्टीबल जनौवरी २३ आइपुग्दा बिस्तारै माहामारीको रुपमा देखीन थाल्यो । फ्रेब्रुअरी ११, २०२० बाट कोभिड–१९ को नामबाट चिनिएको यस भाईरसले बिश्व बिज्ञानलाई हराउदै गर्दा अर्थतन्त्रको श्वासप्रसासमा नराम्रो असर पारीरहेको तितो सत्य हामी संग जगजाहेर छ । स्वास्थ्य सेवामा उत्कृष्ठ दश भित्र रहेको ईटली र २०२० मार्च २० को बिश्वसर्वेक्षण अनुुसार खुसि ब्यक्तीहरु रहेका राष्ट्रहरुमा उत्कृष्ठ अठारौ नम्बरमा रहेको अमेरीकाभित्र समेत नियन्त्रयण बाहीर रहेको कोभिड–१९ को माहामारीले हरेक क्षेत्र कमजोर बन्दैगएको छ भने ब्यक्तिहरु त्रसीत र भयबित बनेका छन । दुई महीना पछिको पूर्ण लकडाउनबाट उठ्दै गरेको चीनका बैंकहरुमा रहेको नगद समेत निश्चीत तापक्रम भएको मेसिनभित्र क्वारेन्टाइनमा राखीयो भने PPE (Personal Protective Equipment) समेतको सुरक्षा ब्यवस्थासहित चीनका बैंकहरुले बैंकिङ शाखाहरु खुल्ला राख्दै नगद सेनिटाइज सहिद नगद काराबार जारि राख्नुका साथै डिजिटल माध्यमबाट अन्य बैंकिङ सेवा प्रवाह गरिरहे । बि.स २०७६ साल चैत्र ११ गते देखी नेपाल सरकारले समेत पूर्ण लकडाउन घोषणा गर्दै कोभिड–१९ का बिरुद्ध थप सावधानी अपनाउने निर्णय संगै नेपालका सिमित बैंक शाखाहरु पन्जा र मास्कका भरमा छोटो समयको लागी न्युनतम कर्मचारीहरुबाट कार्यसंचानमा आएभने अधिकांस नेपालका बैंकिङ शाखाहरु प्राय बन्द जस्तै छन ।

अनिवार्य घरबिदामा समेत कार्यचापले परिवारमा समय दिन नपाएका अधिकांस नेपाली बैंकरहरु परिवारसंग गुणात्मक समय बिताइरहेका छन । बर्षको एक पटक आउने दशैमा समेत परिवार सगै बस्न समय ब्यवस्थापनमा गाह्रो पर्ने कयौ बैंकरहरुलाई कोरोना भाइरसले परिवारसंग रमाउने अवसर प्रदान गरिदिएको छ । मृत्यु सत्य हो तर कोभिड–१९ को संक्रमणबाट बच्न घर भित्र बस्नुबाहेक अन्य औषधि हालसम्म पत्ता लागेको छैन । सम्पुर्ण अर्थब्यवस्थामा नकारात्मक प्रभाव पारीरहेको यस कोरोना भाईरसले बैंकरहरुलाई कयौ वर्ष पछि फुर्सदिलो बनाईदिएको छ । यस फूर्सदको समय जति उपयोगी बनाउन सक्यो बैंकहरुको भावि नतिजाहरुमा सोही बमोजिम असरगर्ने कुरामा दुईमत छैन । समयको सहि सदउपयोग गर्दा कोभिड –१९ को त्रासका बिच बैंकरहरुसंग रहेका केही सम्भावनाहरु निम्नाअनुसार उल्लेख गर्न सकिन्छ ।

 कम्तीमा एक दिनमा एक सफल बैंक र असफल बैंकहरुको Case Study गर्ने । भिन्न देशमा बिभिन्न माहामारी तथा भुकम्प पछिको Bankruptcy तथा सफलताका कयौ अबकभ कतगमथ हरु पाईन्छन ।
 कोरोना भाइरस संक्रमणकालमा प्रयोग गर्न सकिने सहज बैंकिङ सेवाको मोडेल बारे Conceptual Framework निर्माण गर्न सकिन्छ ।
 zoom cloud meeting app मार्फत Banking Soft training  संचालन गर्न सकिन्छ ।
 NRB Directive देखी लिएर कार्यसंचालन कार्यबिधिसम्म अध्यन तथा डिजिटल छलफल गर्न सकिन्छ ।
 यस कोरोना भाईरसको प्रभावबाट हुन सक्ने बैंकका संभावित निष्क्रिय कर्जा परिमाण तथा सो कर्जा प्राप्तीका नया बिधिहरुबारे अध्यन गर्न सकिन्छ ।
 बैंकको छिटो छरितो कार्यसंचालनको लागी उपयोगी रहेको Word तथा Excel Software का सहज तथा छरितो बिधिहरुको अध्ययन तथा प्रयोगात्मक अभ्यास गर्न सकिन्छ ।

साथमा योग तथा मेडिटेसन गर्ने र समाजिक भिडबाट एक्लो बसेर पनि सिर्जनात्मक र सकारात्मक उर्जा सहितको समय ब्यतित गर्न सकिन्छ, आ–आप्नो ठाउबाट सक्दो सहयोग गरौ,समाज भित्र देखीएका रिस,राघ,घृणा,मोह र कुबिचारहरुको अत्य गरि न्यायपूर्ण समतामुलक समाज को निर्माण गरौ, जिवनको अर्काे नाम आत्मबिश्वास पनि हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]