July 8th, 2019

भारतीय कमर्सियल बैंकको चुक्तापुँजी कति ? के छ आरबीआईको नीति ?

बैंकिङ खबर । पहिले भारतमा कमर्सियल बैंक स्थापना गर्नका लागि सुरुमा २०० करोड चुक्तापुँजी हुनुपर्ने र स्थापनाको तीन वर्षभित्रमा त्यसलाई बढाएर ३०० करोड पुर्याउनुपर्ने प्रावधान रहेको थियो । यो प्रावधानलाई परिमार्जन गर्दै भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इण्डियाले प्राइभेट कमर्सियल बैंक संचालनको लाइसेन्स पाउन ५०० करोड चुक्तापुँजी हुनुपर्ने व्यवस्था गरेको छ । कुल चुक्तापुँजीको ५१ प्रतिशत लगानी संस्थापकको हुनुपर्ने प्रावधान छ ।

भारतमा सेड्युल्ड कमर्सियल अर्थात पब्लिक सेक्टरका २७ वटा बैंक छन् । जसमध्ये, २२ वटामा सरकारको र बाँकी पाँच वटामा एसबीआईको बर्चस्व छ । कुल बैंक शाखा, निक्षेप र कर्जा प्रवाहमा यी २७ बैंकको हिस्सा ७० प्रतिशत छ । त्यस्तै, २१ वटा प्राइभेट सेक्टरका बैंक छन् भने चार वटा क्षेत्रीय स्तरका बैंकलाई पनि प्राइभेट बैंकमा सूचिकृत गरिएको छ । यसबाहेक, भारतमा रोयल बैंक अफ स्कटल्याण्ड, बैंक अफ अमेरिका लगायत थुप्रै बैंकले शाखा एवम् प्रवद्र्धित संस्थामार्फत सेवा दिइरहेका छन् ।

टप ५ बैंकको चुक्तापुँजी
प्राइभेट सेक्टरको सबैभन्दा ठूलो बैंक आईसीआईसीआई बैंकको चुक्तापुँजी १२८६ करोड रहेको छ ।
पब्लिक सबैभन्दा ठूलो बैंक एसबीआईको चुक्तापुँजी ८६३ करोड रहेको छ ।
बैंक अफ बरोडाको चुक्तापुँजी ५३० करोड रहेको छ ।
पञ्जाव नेशनल बैंकको चुक्तापुँजी ९२० करोड रहेको छ ।
भारतको पूराना पब्लिक बैंकमध्येको एक केनरा बैंकको चुक्तापुँजी ७५३ करोड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]