January 31st, 2019

सेयर बजार प्रतिको आकर्षण र अर्थतन्त्र   

प्रवीण न्यौपाने। नेपालको अर्थतन्त्र सानो छ । नेपाली अर्थतन्त्रले विश्व अर्थतन्त्रमा कुनै असर नपारे पनि पछिल्लो समय विश्वको ध्यान भने केन्द्रित भएको देखिन्छ । लामो समयको राजनीतिक द्धन्दपछि स्थिर सरकार बनेकाले पनि विश्वको ध्यान केन्द्रित भएको हो । विश्वका ठुला अर्थतन्त्र भएका दुई मुलुकको बीचमा रहेकाले पनि नेपालमा चासो बढदै गएको छ । लामो समयको राजनीतिक द्धन्दका कारण पछि परेको अर्थतन्त्र विस्तारै कछुवाको गतिमा भएपनि अघि बढेको छ । पुर्वाधार विकास, जलविद्युत परियोजना निर्माणसँगै बढदो बेरोजगारीका समस्यालाई समाधान गर्न थुर्पै चुनौती छन् । सरकारले वैदेशिक लगानी लयाउन लगानी सम्मेलन गर्ने कुरा गरिरहेको छ । विभिन्न नीतिगत व्यवस्थामा पनि सुधार गरी लगानीको वातावरण निर्माण गर्ने प्रयास सरकारले गरेको छ । पछिल्लो समय सेयर बजारमा देखिएको आकर्षण र प्रबिधिको प्रयोगमा देखिएको विकासले पक्कैपनि नेपालको अर्थतन्त्रलाई टेवा पु-याएको छ । 

पछिल्लो समय जलविद्युत कम्पनीको सेयर, आयोजना प्रभावितका लागि छुट्याइने भएकाले पनि गाउँ गाउँमा सेयर कारोबारको चर्चा हुने गरेको छ । हुनत नेपालको सेयर कारोबार (दोस्रो बजार) राजधानीमा मात्रै केन्द्रित छ भन्दा फरक पर्दैन् । एक वर्ष अघि नेपाल धितोपत्र वोर्डले ब्रोकर कम्पनीहरुलाई उपत्यका बाहिर पनि शाखा विस्तार गर्न अनिवार्य गरेपछि मात्र केही कारोबार उपत्यका बाहिरबाट हुने गरेको छ । तर सबैठाउँमा अझै दोस्रो बजारको पहुँच पुगेको छैन् । 

पछिल्लो समय बैंकहरु हरेक स्थानीय तहमा गएपछि पनि वित्तीय चेतना बढदै गएको छ । यसले पनि सेयरमा लगानी गर्न सकिन्छ भन्ने सम्मको जानकारी गाउँगाउँमा पुगेको छ । बैंकले पनि सेयर कारोबार गराउन पाउने व्यवस्था गर्दै जनुले यसलाई पुष्टि गर्छ । हरेक मानिसले शेयरका बारेमा राखेको जनकारीले पनि सेयर बाजर प्रति चासो बढदै गएको छ भन्न सकिन्छ । नेपालको सेयरबजारमा सबैभन्दा बढी हिस्सा सेयर बैंकको भएकाले पनि बैंक पुगेको ठाउँमा सेयरसम्बन्धि चर्चा चलेको हुनसक्छ । यसले सेयर बजारलाई फाइदा नै पु-याएको छ । 

प्राथमिक बजारमा निष्काशित हुने शेयरमा बैंकबाट समेत आवेदन गर्न सकिने व्यवस्थाले सर्वसाधारणले प्राथमिक सेयर खरिद गरेको देखिन्छ । सर्वसाधारणले भविश्यमा शेयरको मूल्य बढने र वार्षिक रुपमा कम्पनीले नाफा वितरण गर्ने भएकाले पनि लगानी गरेको देखिन्छ । तर सेयर बाजरमा देखिने ठुला खेलाडीको मारमा भने साना लगानीकर्ता परिरहेका छन् । बजारमा अनावस्यक रुपमा हल्ला चलाई नाफा गर्ने रणनीतिमा ठुला लगानीकर्ता हुन्छन् । 

मैले सेयर बजारको वर्तमान अवस्थाका विषयमा चर्चा गर्ने प्रयास गरे । किन भने मुलुकको अर्थतन्त्रमा सेयर बजारले पनि असर पारिरहेको हुन्छ । कुनै पनि मुलुकको अर्थतन्त्र मुद्रा तथा पूँजी बजार संग सिधै जोडिएको हुन्छ । 

मुलकमा उपभोग हुने अधिकांश वस्तुहरु आयात गर्नुपर्ने हुन्छ । जसले गर्दा व्यापार घाटा करिब करिब एक वर्षको बजेटको आकार बराबरको देखिन्छ । हरेक वस्तुको आयात गर्नुपर्दा देशको अर्थतन्त्र नै कमजोर बनिरहेको छ । 

सारकारले आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले ६ दशमलव ५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ । सरकारी निकायबाट राखिने लक्ष्यका आधारहरु विभिन्न होलान तर बढदो आयात र निर्यातमा वृद्धि गर्न नसक्नुले अर्थतन्त्रलाई कमजोर बनाइराखेको छ । त्यसैले त पछिल्लो समय शोधानान्तर घाटा बढेको छ । केही समय डलरको मूल्यमा भएको वृद्धिले विप्रेषण आप्रवाहमा बढन पुगेको छ । तर बैदेशिक रोजगारीमा जानेको संख्या घटदै जानुले भविश्यमा विप्रेषण आप्रवाहमा गिरावट आउन सक्ने देखिन्छ । 

बैंकहरुले उत्पादन मुलक क्षेत्रमा भन्दा सेवा क्षेत्रमा लगानी बढी गर्ने भएकाले पनि देशम सेवामुलक संस्थाहरु बढी स्थापना भएका छन् । तर सरकारले समयमा ध्यान नदिने हो भने यस्तो स्थीतिले नेपमालको अर्थतन्त्रलाई नकारात्मक असर पार्ने देखिन्छ । हिमाली र पहाडी क्षेत्रबाट बसाइसराई गरि मानिसहरु तराई झर्ने प्रवृति बढदै गएको छ । जसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारीरहेको छ । 

अर्कोतर्फ नेपालीहरुको बानिमा पनि परिवर्तन भइसकेको छ । नेपालमै उत्पादित वस्तु भन्दा कुनैपनि विदेशि वस्तुको प्रयोग गर्न पाउँदा गर्व गर्ने प्रवृति बढदै गएको छ । यसले नेपाली उत्पादनलाई निरुत्साहित गरेको छ । जसले गर्दापनि उद्योगीव्यवसायीहरु पनि सेवा मुलक क्षेत्रमा लगानी गरिरहेका छन् । त्यसैले सेयर बजारमा उत्पादन मुलक क्षेत्रका कम्पनीहरु सहभागि हुन सकिरहेका छैनन्। नेपाल धितोपत्र वोर्डले उत्पादन मुलक क्षेत्रका कम्पनीहरुलाई सेयर बजारमा समावेश गर्न नीतिगत रुपमा सहजिकरण पनि गरेको छ । तर सरकारले यस विषयमा खासै ध्यान दिएको देखिदैन् ।  लेखकले उपलब्ध गराएको दृष्टिकोणबाट सम्पादन गरिएको अंश 
लेखक प्रवीण न्यौपाने ग्लोबल आईएमई बैंक लमजुङ शाखामा कार्यरत छन् 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]