March 27th, 2024

ग्रामीण विकास लघुवित्त संस्थाद्वारा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता तालिम कार्यक्रम सञ्चालन भएको छ । संस्थाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरुको पहिचान गरी विभिन्न शाखा कार्यालयहरुको संयोजनमा वित्तीय साक्षरता तालिम कार्यक्रम सञ्चालन गरिएको हो ।

   

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा देशभर ग्लोबल मनि वि.क ०२४ मनाउने अभियान अन्तर्गत यस संस्थाले विभिन्न जिल्लाहरुमा आयोजना गरेको वित्तीय साक्षरता तालिम कार्यक्रममा तीनसय सत्तरी बढी महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

संस्थाको शाखा कार्यालय बेलौरी, कन्चनपुरको कार्यक्षेत्र भित्र बसोवास गर्ने घरपरिवारका महिला तथा पुरुषहरु ७८ जना र शाखा कार्यालय गरुडा,रौतहटको कार्यक्षेत्र भित्र बसोवास गर्ने घरपरिवारका ३५ जना महिला तथा पुरुषहरुलाई २०८० चैत्र ७ गते “वित्तीय साक्षरता तालिम” प्रदान गरिएको थियो ।

यसैगरी शाखा कार्यालय कोहलपुर, बाँकेको कार्यक्षेत्र भित्र बसोवास गर्ने घरपरिवारका ४६ जना महिला तथा पुरुषहरु, शाखा कार्यालय झोराहट, मोरङको कार्यक्षेत्र भित्र बसोवास गर्ने घरपरिवारका ४६ जना महिला तथा पुरुषहरुलाई २०८० चैत्र ८ गते र शाखा कार्यालय शंकरनगर, रुपन्देहीको कार्यक्षेत्र भित्र बसोवास गर्ने घरपरिवारका ११५ जना महिला तथा पुरुषहरुलाई २०८० चैत्र १० गते उक्त तालिम प्रदान गरिएको थियो ।

 

तालिमकै क्रममा २०८० चैत्र १४ गते भरतपुर, चितवनको कार्यक्षेत्र भित्र बसोवास गर्ने घरपरिवारका ५० जना महिला तथा पुरुषहरुलाई आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम विषयमा तालिम प्रदान गरिएको छ । यस तालिमको संयोजन सञ्चालन तथा सुपरिवेक्षण कार्यालय जनकपुर अन्तर्गतको हेटौंडा कार्यालयबाट गरिएको थियो ।

कार्यक्रममा लघुकर्जा, लघुबचत, बीमा, रेमिट्यान्सका अतिरिक्त वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषय वस्तुमा जानकारी गराउनुका साथै सहभागीहरुलाई वित्तीय साक्षरताको आवश्यकता, बचतको योजना, महत्व, बचतका उपायहरु, कर्जा लगानी, असुली, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण र फजुल खर्चको नियन्त्रण, पारिवारिक वजेट निर्माण, व्यवसायिक योजना, व्यवसाय विस्तार तथा विविधिकरण, वैकल्पिक आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोग, सफा नोटको प्रयोग र फाइदा आदि विभिन्न शिर्षकमा वित्तीय साक्षरता सञ्चालन गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]