January 16th, 2023

मर्जर तथा एक्विजिसन प्रक्रिया: कर्मचारी व्यवस्थापन चुनौती कि अवसर  ?

मर्जर र एक्विजिसन (M&A) विश्वव्यापी परिदृश्यमा दोहोरी रहने घटना हो। बैंकिङ क्षेत्र लगायत विश्वभरका सबै क्षेत्रमा मर्जर तथा एक्विजिसन गतिविधिहरु पाइन्छ । नेपालको सन्दर्भमा बैंकिङ क्षेत्रमा मर्जर र एक्विजिसन अझ उदयिमान विषय  भएकोले अवसर तथा चुनौति दुबैका रुपमा यसलाई लिने गरिन्छ।

(M&A) हुनुको सबैभन्दा प्रमुख कारण भनेको व्यापारिक गतिविधिहरूको संयोजनबाट सिर्जना गर्न सकिने व्यवसायिक तालमेल हो । जसले (M&A) पछि बन्ने संस्थालाई  विगत भन्दा अझ सक्षम, अझ राम्रो, छिटो र कम लागतमा उच्च कार्यसम्पादन गर्ने  वातावरण सृर्जना गर्दछ ।

कुनै पनि संस्थाको उत्पादकत्व वृद्धिको महत्वपूर्ण स्रोत मानव संशाधन व्यवस्थापन हो । मर्जर र एक्विजिसन (M&A) प्रकृयामा पनि HR व्यवस्थापन निकै चुनौतिपूर्ण कार्य मानिन्छ । विभिन्न व्यवसायिक तथा व्यक्तिगत अध्ययनहरुले पनि (M&A) प्रकृयामा मानव संशाधन व्यवस्थापनलाई अझ बढी जोड दिएर अध्ययनको विषय बनाएको पाइन्छ ।

कार्यशक्ति विविधिकरणले संस्थामा नयाँ सोचको विकाश हुन्छ र नयाँ अवधारण कार्यन्वयनमा समेत सहज हुन्छ । (M&A)  प्रकृयापछि बन्ने संस्था विगतभन्दा विभिन्न सूचकांकहरुमा सक्षम हुने हुँदा कर्मचारीहरु पनि संस्था वा आपनो कार्यप्रति अझ बढी समर्पित हुने गर्दछन् ।

फलस्वरप नयाँ बन्ने संस्थाको उत्पादकत्वमा समेत वृद्धि हुने गर्दछ । सँधै एउटा निश्चित जिम्मेवारीमा कार्य गरिरहेको व्यक्तिले समेत नयाँ जिम्मेवारी पाउने सम्भावना हुने हुँदा विद्यमान कर्मचारीहरुमा व्यत्तित्व विकासको सम्भावना समेत(M&A)  ले प्रदान गरिरहेको हुन्छ । त्यसको अतिरिक्त नयाँ बन्ने संस्थामा प्राप्त हुने वित्तीय तथा गैर वित्तीय सेवा सुविधाहरु, तालिम व्यक्तित्व विकास वा सो सँग सम्बन्धित कार्यक्रमहरु पनि तुलनात्मक रुपमा वितगमा भन्दा संख्यात्मक तथा गणात्मक दुवै किसिमले बढी हुने हुँदा कर्मचारी तथा संस्थाको उत्पादकत्वमा सकारात्मक सुचाङ्क नै देखापर्दछन् ।

मर्जर र एक्विजिसन (M&A) कार्य खासगरी समान हैसियतका संस्थाभन्दा पनि कुनै न कुनै सुचाङ्कमा कम वा बढी भएका संस्थाबीच भएको पाइन्छ तर यसो हुँदा विगतमा सक्षम मानिएको संस्थाका कर्मचारीले एक्विजिसन हुने संस्थाका कर्मचारीलाई गरिने व्यवहारले नयाँ बन्ने संस्थामा कर्मचारी व्यवस्थापनमा नया चुनौति थपिदिएको कुरा विगका (M&A)  कार्य गरिसकेका सस्था तथा सो सँग सम्बन्धित विभिन्न अध्ययनहरुले समेत प्रस्तुत गरेका छन्।

एउटै कार्य वातावरणमा कार्य गरीरहेका कर्मचारी नयाँ कार्य गर्न तत्पर नहुनु तथा नया प्रविधसँग समाहिल हुन नसक्दा केहि कर्मचारीहरुमा Post मर्जर उत्पादकत्व समेत कम हुने वा कर्मचारी टनओभर रेट Turnover rate समेत वृद्धि हुने हुँदा परिवर्तनको निम्ति तत्परता Readiness to change समेत Post मर्जरको अर्को चुनौतिको रुपमा रहेको पाइन्छ। यसका साथ साथै वित्तीय तथा, गैर वित्तीय सेवा सुविधामा हुनसक्ने अन्तर, पदिय जिम्मेवारीको बाँडफाँड, नयाँ कार्यशैलीमा समायोजनको तत्परता समेत Post मर्जर कर्मचारी ब्यावस्थापन मा देखिन सक्ने चुनौतिहरु हुन ।

यसरी विगतमा मर्जर र एक्विजिसन (M&A) मा गई सकेका संस्थाहरुको HR व्यवस्थापन र संस्थाको उत्पादकत्व हेर्ने हो भने Post मर्जर कर्मचारी उचित व्यवस्थापन हुन सकेमा  नयाँ बन्ने सस्था विगत भन्दा अझ सक्षम ,अझ राम्रो, छिटो र कम लागतमा उच्च कार्यसम्पादन गर्न सक्ने सस्थाको रुपमा स्थापित भई समग्र उत्पादकत्व मा समेत वृद्धि भएको पाइन्छ भने उचित किसिमले मानव संशाधन व्यवस्थापन हुन नसक्दा संस्थाको उत्पादकतमा समेत नकरात्मक प्रभाव परेको देखिन्छ।

थानेश्वर पन्थी

सैनामैना ०७ रुपन्देही


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]