April 7th, 2022

बीमा कम्पनीलाई पूँजीवृद्धि गर्न सकस, हकप्रद र बोनस सेयरको बाटो रोज्दै


बैंकिङ खबर/ यतिबेला बीमा कम्पनीहरु चुक्ता पुँजी वृद्धि गर्नेतर्फ लागि परेका छन् । बीमा समितिको हालै बसेको बीमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । समितिको निर्णयसँगै अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब पुग्नेछ ।
समितिको निर्देशनसँगै बीमा कम्पनीलाई पूँजीवृद्धिका लागि थप सकस हुने देखिएको छ ।

समितिले आगामी एक महिनाको समय दिएर बीमा कम्पनीहरूलाई पूँजी वृद्धिको योजना सहिनको विवरण बोर्डबाट निर्णय गराई समितिमा पेस गर्न निर्देशन दिएको छ । यो निर्देशन आगामी एक वर्ष भित्र कार्यान्वयन गर्न पनि समितिले भनेको छ ।

यता बीमा कम्पनीहरूले भने तोकिएको समयमा पुँजी पुर्याउनका लागि हकप्रद र बोनस सेयरको बाटो रोज्न थालेका छन् । एकैपटक धेरै पुँजी वृद्धि गर्नुपर्ने र समय छोटो भएका कारण कम्पनीहरूले हकप्रद र बोनसबाटै पुँजी वृद्धि गर्ने भएका हुन् ।

एक वर्षभित्रै समितिले तोकेअनुसार साढे दुई गुणाले पुँजी वृद्धि सहज नभएको बीमकहरू बताउँछन् । बजारमा तरलता अभाव र समय पनि छोटो भएकाले तोकिएको पुँजी कायम गर्न नसकिने कम्पनीहरु बताउँछन् । समितिले तोकिदिएको समयमा पुँजी वृद्धि गर्नका लागि बोनस सेयर र हकप्रद बाहेकको अन्य विकल्प नभएको कम्पनीहरूले प्रतिक्रिया दिएका छन् ।

समितिले कायम गर्नु भनेको चुक्तापूँजीभन्दा बढी नेपाल लाइफको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । तर, यो बीमा कम्पनीबाहेक अन्य कम्पनीको हाल कायम चुक्तापुँजीमा धेरै थप गर्नुपर्ने देखिन्छ ।

कम्पनीले दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समितिले कायम गर्नु भनेको चुक्तापूँजीको नजिक–नजिक नेशनल लाइफ इन्स्योरेन्स मात्र पुगेको छ । यो कम्पनीको दोस्रो त्रैमाससम्मको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीमा २३ प्रतिशत मात्र पूँजी वृद्धि गरे पुग्ने देखिन्छ ।

गत असार मसान्तसम्मको तथ्यांकका आधारमा हेर्दा बीमा कम्पनीको पूँजी निम्न अनुसार रहेको छ ।

सि.नं. जीवन बीमा कम्पनीको नाम चुक्ता पुँजी (रु लाखमा) थप्नुपर्ने पुँजी (रु लाखमा)
नेपाल लाइफ ७१९९९९.७१ पर्याप्त
नेशनल लाइफ ३३९०८.८९ १६०९१.११
एलआईसी नेपाल लाइफ २२११० २७८९०
एशियन लाइफ २०१०७.६१ २९८९२.३९
सूर्या लाइफ लाइफ २०१०७.६१ २९८९२.३९
गुराँस लाइफ २०३३१.२९ २९६६८.७१
प्राइम लाइफ २४१७०.५७ २५८२९.४३
आइएमई लाइफ १४००० ३६०००
युनियन लाइफ २१५०० २८५००
१० सन नेपाल लाइफ १४००० ३६०००
११ न्योति लाइफ २२००० २८०००
१२ रिलायवल लाइफ १४००० ३६०००
१३ रिलायन्स लाइफ २१००० २९०००
१४ सिटिजन लाइफ १७५०० ३२५००
१५ सानिमा लाइफ १४००० ३६०००
१६ प्रभु लाइफ २०००० ३००००
१७ महालक्ष्मी लाइफ १४००० ३६०००
१८ राष्ट्रिय बीमा संस्थान १८१०ं२० ४८१८९.८
१९ मेट लाइफ

 

पूँजी बढाउन नसके मर्जरमा जानुस्: अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिलाई पूँजी बढाउन नसके मर्जरमा जान आग्रह गर्नुभएको छ । बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समसामयिक विषयमा भएको छलफलमा अध्यक्ष सिलवालले भन्नुभयो, ‘तोकिएको अवधि भित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्याउन नसके मर्जरमा जानुस् ।’

बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष सिलवालले भन्नुभयो, ‘बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो । पूँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो । पूँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पूँजी हो । यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पूँजी वृद्धिको योजना माथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तयार रहेको बताउनुभयो ।

सो क्रममा बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूले बीमा समितिले गरेको चुक्ता पूँजी वृद्धिको निर्णय पालना गर्न आफूहरू तयार रहेको बताउनुभएको थियो । पूँजी वृद्धिमा समस्या परे त्यसको समाधान गर्न अभिभावकका रूपमा बीमा समिति तयार हुनुपर्नेमा जोड दिनुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]