December 12th, 2021

अमेरिकी डलरको मूल्य १७ महिना यताकै उच्च, कमजोर बन्दै नेपाली मुद्रा

बैंकिङ खबर।

अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हुँदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रियस्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुकले रिजर्भ राख्ने गरिएकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य आकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्ने औंल्याइएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री विनिमयदर मंसिर २५ गते १ सय २१ रुपैयाँ ५३ पैसा पुगेको छ। यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ९३ पैसा पुगेको छ।

अमेरिकी डलरको विनिमय दर पछिल्लो १७ महिनाकै उच्च रहेको छ। दिनप्रतिदिन डलर बलियो हुँदै जाँदा भारतीय मुद्रा र नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रियस्तरमै सुरक्षित मुद्रा ठानिने भएकाले अधिकांश मुलुककले रिजर्भ राख्ने गरेकाले अमेरिकन डलरको माग बढेको र पछिल्ला दिनमा मूल्य अकाशिएको विज्ञहरूको भनाइ छ। यसको प्रत्यक्ष प्रभाव आयात महँगिने र मूल्यवृद्धिमा चाप पर्ने औंल्याइएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री विनिमय दर मंसिर २५ गते १ सय २१ रुपैयाँ ५३ पैसा पुगेको छ। यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ९३ पैसा पुगेको छ। यसको अघिल्लो दिन अर्थात् मंसिर २४ गते बिक्रीदर १ सय २१ रुपैयाँ १४ पैसा पुगेको थियो ।

यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ५४ पैसा थियो। सो बिक्री दर भने २०७७ असार ९ गतेपछिको अर्थात् १७ महिनाकै उच्च हो। सो अवधि अघि अमेरिकी डलरको बिक्रीदर अधिकतम १ सय २१ रुपैयाँ ३४ पैसासम्म पुगेको थियो। यस्तै खरिद दर पनि १२१.९४ रुपैयाँ थियो। यसपछि भने घटेको थियो। डलरको मूल्य क्रमशः बढ्दै गर्दा नेपाली रुपैयाँ अवमूल्यन भएको छ।

यद्यपि यसैबीचमा डलरको दरमा उतारचढाव आएकाे छ। नेपाली मुद्रा बलियो पनि देखियो। किनभने २०७७ मंसिर १८ मा खरिददर १२०.६५ र बिक्रीदर १२१.९४ रुपैयाँ पुगेको थियो। यस्तै गत असोजको पहिलो साता एक अमेरिकी डलर विनिमय दरको १ सय १७ देखि १ सय १८ रुपैयाँ हाराहारीमा रह्यो। यतिबेला भने डलर कमजोर अर्थात् अवमूल्यन भएको थियो। तर यो अवस्था धेरै समय रहेन। किनभने गत असोज अन्तिम सातादेखि फेरि यस्को बिक्रीदर १ सय २१ रुपैयाँ नाघ्यो। गत असोज २७ मा एक डलरको विनिमय दर १ सय २१ रुपैयाँ १२ पैसा पुग्यो । तर अहिले सो दरभन्दा पनि बढी पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

विश्वबजारमा डलरको माग अत्यधिक बढ्न थालेकाले पछिल्ला दिनमा डलरको विनिमय दर आकाशिन थालेको अर्थविद् रामेश्वर खनाल औंल्याउँछन्। यस्तै बैंकविज्ञ अनलराज भट्टराई अमेरिकामा विस्तारै नीतिहरू सामान्यीकरणतर्फ जान लागेको र त्यहाँको ब्याजदर बढ्ने सम्भावना देखिएकोले अमेरिकी डलर विश्वव्यापी रूपमै बलियो हुन थालेको बताउँछन्।अन्नपूर्णपाेष्टबाट


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]