कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्व नाथ पाण्डेलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम कुमारी बैंक […]


कामना सेवा विकास बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालज्यूको प्रमुख आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त स्वास्थ्य प्रयोगशाला उपकुलपती अर्यालको समुपस्थितीमा कामना […]


महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

बैंकिङ खबर/महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण (Empowering Women through Green Mobility)भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरुलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो । पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई […]


गरिमा विकास बैंक र ‘टान’ गण्डकीबीच व्यवसायिक सम्झौता

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकका विभिन्न प्रकारका कर्जाहरुमा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार टानका सदस्यहरूलाई गरिमा […]


ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ३० करोड नाफा

बैंकिङ खबर/ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.१३ प्रतिशतले कम हो । गत वर्षको यसैअवधिमा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको सञ्चालन नाफा २२.२८ प्रतिशतले घटेर […]


प्रभु बैंकले कमायो १.८१ अर्ब खुद नाफा, खुद ब्याज आम्दानी २६.६१% ले वृद्धि

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिका्े तुलनामा ७.२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको […]


तुल्सीपुरको मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले गरेका हुन् । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन […]


नौ महिनामा लक्ष्मी सनराइज बैंकको खुद नाफा १ अर्ब साढे ६१ करोड

बैंकिङ खबर/ चालु आर्थिक वर्षमा तेस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकको खुद मुनाफा २७.७० प्रतिशत वृद्धि भएको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको यस अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा एक अर्ब ६१ करोड ५९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको यहि अवधिसम्ममा बैंकले एक अर्ब २६ करोड ५३ […]


भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा दिने

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा.लि.बीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा.लि.का संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार […]


एनएमबि बैंक कर्णाली प्रदेशद्वारा काँक्रेबिहारमा सरसफाइ साथै आरामदायी बेन्च हस्तान्तरण

      बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । बुधबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइलीमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाइ गरेको हो । एनएमबि बैंक कर्णाली प्रदेशको अगुवाइमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रमका साथै काक्रेबिहार आसपास सरसफाइ गरेको छ । हरेक वर्ष […]