August 18th, 2019

नेपाल एग्रो लघुवित्तको स्वतन्त्र सञ्चालकमा सागर लामिछाने नियुक्त

बैंकिङ खबर । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको श्रावण ३१ गतेको सञ्चालक समितिको बैठकले सागर लामिछाने (सि.ए.) लाई बढिमा ४ वर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्ति गरेको छ । स्वतन्त्र सञ्चालक लामिछानेलाई वित्तीय संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ मा भएको व्यवस्था बमोजिम शपथ ग्रहण गराएका छन् । सोहि बैठकबाट सञ्चालक अशोक कुमार भट्टचनको राजिनामा समेत स्वीकृत भएको जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]