नौ महिनामा १ खर्ब १० अर्ब जीवन बीमाशुल्क संकलन, कुनको कति ?

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ८ करोड २७ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधि (९ महीना) मा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क उठाएका थिए । समीक्षा अवधिमा […]


नेसनल लाइफले गरायो २०० अभिकर्तालाई मुक्तिनाथ भ्रमण

बैंकिङ खबर/ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तालाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८० असोज र कात्तिकमा सञ्चालित अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल २०० बढी वरिष्ठ अभिकर्तालाई पर्यटकीय क्षेत्र मुस्ताङका मनोरम दृश्यावलोकनसहित मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको […]


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले लिए पद तथा गोपनियताको शपथग्रहण

बैंकिङ खबर/ क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका मोर अध्यक्षमा सर्वसम्पत चयन भएका हुन् । अध्यक्ष पदमा चयन पश्चात मोरले नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका थिए […]


नेपाल लाइफले सार्वजनिक गर्‍यो नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गरेका हुन् । अनिश्चितताले भरिएको संसारमा,आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध […]


बंगलादेशमा बीमा ऐन संशोधन, यस्ता छन् नयाँ व्यवस्था

बैंकिङ खबर/बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले बीमकको जमानीमा सञ्चालक र शेयरधनीलाई कर्जा दिलाउन रोक लगाउने प्रावधानसहित बीमा ऐन २०२० मा संशोधन गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको संशोधन मस्यौदामा बीमक(बीमा कम्पनी) ले आफ्नो सम्पत्तीको धितोमा कम्पनीका सञ्चालक, शेयरधनी, उनीको परिवारजन वा सम्बन्धित व्यक्तिलाई वित्तीय संस्थाबाट ऋण दिलाउन नपाउने प्रावधान मस्यौदामा समेटेको छ। […]


तीन महिनाभित्र ३ जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन् । सफल अभिकर्ताहरुलाई […]


वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख निर्देशन, २०८० जारी

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख निर्देशन, २०८० जारी गरेको छ। बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकारी प्रयोग गरी प्राधिकरणले यो बीमालेख निर्देशन जारी गरेको हो। यो निर्देशन तुरुन्त प्रारम्भ हुनेछ। यो बीमालेख जारी गरिएको मिति र समयबाटै जोखिम प्रारम्भ भएको मानिने निर्देशनमा व्यवस्था गरिएको छ। बीमालेखको विषय, […]


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा बीमा अभिकर्ता तालिम सम्पन्न

बैंकिङ खबर/आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा चैत १३ देखि १६ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भइ कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु […]


नेपाल लाइफसँगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्‍यो लगानी व्यवस्थापन सम्बन्धी कार्यक्रम

बैंकिङ खबर/ नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्स सँगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने “ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । ‘उज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता […]


बीमकको वित्तीय विवरण पहिलो पटक संशोधन

बैंकिङ खबर/ नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण पहिलो पटक संशोधन गरेको छ। बीमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका संसोधन गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बताएका छन् । अब सम्पूर्ण बीमकले जलविद्युत तथा सौर्य ऊर्जा, पर्यटन तथा वायुसेवा, कृषि, केबलकार, […]