November 29th, 2019

त्रिलोकले डाक्यो साधारणसभा : सूर्योदयसँगको मर्जर पारित गरिँदै

बैंकिङ खबर । त्रिलोक लघुवित्तले आगामी पुष ५ गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट लघुवित्तले सूर्योदय लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्न लागेको छ ।

सधारणसभाले मर्जरपछि सूर्योदय लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने, शेयर स्वाप अनुपात १ः०.९७, केन्द्रीय कार्यालय पोखरामा स्थानान्तरण गर्ने प्रस्ताव पारित गर्नुका साथै मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने बताइएको छ ।

त्यस्तै, मर्जरपछि बन्ने लघुवित्तको अधिकृत पुँजी वृद्धि गरी ६० करोड पुर्याउने, दुवै संस्थाको बोनस शेयरपश्चात् कायम हुने २१ करोड ५० लाख ४२ हजार रुपैयाँ चुक्तापुँजीको शतप्रतिशत हकप्रद जारी गरी कुल चुक्तापुँजी ४३ करोड रुपैयाँ पुर्याउने लगायतका प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

त्रिलोक र सूर्योदयको मर्जरपछि पनि मर्जर तथा प्राप्तीका लागि अन्य संस्थाहरुको खोजी गर्ने एवम् प्रक्रिया अघि बढाउनका लागि नयाँ बन्ने संचालक समितिलाई अख्तियारी दिने पनि साधारणसभाको विशेष प्रस्तावमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]