बैंकिङ खबर । समृद्धि फाइनन्सले कर्मचारी मागेको छ । कम्पनीले हेटौँडाका लागि एक जना शाखा प्रबन्धक मागेको छ भने हेटौँडा, काठमाडौँ र बुटवलका लागि १।१ जना गरी तीन जना सहायक शाखा प्रबन्धक मागेको छ । मेनेजमेन्ट वा अर्थशास्त्रमा स्नातक उतीर्ण र बैंक तथा वित्तीय संस्थामा दुई वर्ष काम गरेको अनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद मंसिर ८ गतेसम्म रहेको छ ।