November 15th, 2019

नेपालमा सम्पर्क कार्यालय खोल्दै भारतको आईसीसीआई बैंक

बैंकिङ खबर । भारतको निजी क्षेत्रको लगानी रहेको आईसीआईसीआई बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्ने भएको छ । मुम्बईमा केन्द्रीय कार्यालय रहेको बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम गरिसकेको छ ।

राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्ने छ ।

झन्डै पाँच हजार शाखा रहेको आईसीआईसीआई पुँजी र बजार पुँजीकरणका आधारमा दोस्रो ठूलो बैंक हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]