November 11th, 2019

तीन दर्जनभन्दा बढी कम्पनीको लाभांश घोषणा : कुनको कति ?

बैंकिङ खबर । १३ वाणिज्य बैंकसहित तीन दर्जनभन्दा बढी कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गरेका छन् । यीमध्ये केहीले लाभांश पारित गर्न साधारणसभा पनि डाकिसकेका छन् । लाभांश घोषणा गरेका केही कम्पनीहरु यसप्रकार छन्ः

वाणिज्य बैंकहरु
एनएमबि बैंकले २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिँदैछ । लाभांश वितरणका लागि राष्ट्र बैंकले स्वीकृति समेत दिइसकेको छ । मंसिर ६ गते बैंकको साधारणसभा हुँदैछ । बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

सिभिल बैंकले ६.५७ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकले पनि २२.५० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने भएको छ ।

ग्लोबल आईएबई बैंकले १२.७५ प्रतिशत बोनस तथा १२.७५ प्रतिशत नगद लाभांश दिँदैछ भने जनता बैंकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

मेगा बैंकले ११.७५ प्रतिशतले हुन् आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा बराबरको नगद लाभांश वितरण वितरण गर्दैछ ।

सनराइज बैंकले १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्दैछ ।

सिद्धार्थ बैंकले १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्दैछ ।

नविल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल बंगलादेश बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

विकास बैंकहरु
मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पुँजीको १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९३ प्रतिशत नगद गरी कुल १८.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

गरिमा विकास बैंकले १६.१५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर र ९.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने भएको छ ।

सिटिजन्स बैंकमा गाभिन लागेको सहयोगी विकास बैंकले १९.३ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

वित्त कम्पनीहरु
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २.३५ प्रतिशत बोनस शेयर र १०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त वित्तीय संस्थाहरु
स्वाबलम्बन लघुवित्तले १४ प्रतिशत नगद लाभांश र २६ प्रतिशत बोनस शेयर गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सबैको लघुवित्तले १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश पारित गर्नका लागि आज (सोमबार) साधारणसभा गर्दै छ ।

विजय लघुवित्तले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सपोर्ट माइक्रोफाइनान्सले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

नयाँ नेपाल लघुवित्तले २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

आइतबारदेखि १ः१.५ को अनुपातमा हकप्रद निष्काशन गरेको एनएमबि माइक्रोफाइनान्सले हकप्रदपछि कायम हुने चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सामुदायिक लघुवित्तले ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.६८ प्रतिशत नगद लाभांश गरि कुल ३३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आरम्भ माइक्रोफाइनान्सले ७.३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३८८४२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आरएमडीसी लघुवित्तले १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी १२.५ प्रतिशत नै नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

इन्फिनिटी माइक्रोफाइनान्सले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मिथिला लघुवित्तले १५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल एग्रो लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ बराबरको बोनस शेयर र त्यसको कर प्रयोजनको लागि थप ३ लाख ९३ हजार दुई सय ४५ रुपैयाँ बराबरको नगद दिने भएको छ ।

छिमेक लघुवित्तले हाल कायम चुक्ता पुंजीको २७.११८६ प्रतिशतले हुन् आउने ३२ करोडको बोनस शेयर र १७.२१६८ प्रतिशतले हुन् आउने २० करोड ३१ लाख नगद लाभांश गरि कुल ४४.३३५४ प्रतिशत लाभांश दिँदैछ ।

बीमा कम्पनीहरु
गुराँस लाइफ इन्स्योरेन्सले १३.१०१५ प्रतिशत बोनस सेयर मात्रै बाँड्ने भएको छ । सो शेयरमा लाग्ने कर शेयरधनीले आफैँले तिर्नुपर्छ ।

अन्य कम्पनीहरु
रिडी हाइड्रोले ५.२६ प्रतिशत लाभांश मात्रै बाँड्ने भएको छ । कम्पनीले पुष ४ गते हुने १८औँ वार्षिक साधारणसभाबाट लाभांश पारित गर्दैछ ।

हिमालयन डिस्टीलरीले ५० प्रतिशत बोनस शेयर र ५२.६३ प्रतिशत (कर प्रयोजनको लागि समेत गरी) नगद गरि कुल १०२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुष १ गते हुने वार्षिक साधारणसभाले लाभांश पारित गर्नेछ ।

चिलिमे हाइड्रोले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले मंसिर ११ गते साधारणसभा पनि डाकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]