November 7th, 2019

निर्धन उत्थानद्धारा मृतक परिवारलाई काज क्रिया खर्च प्रदान

बैंकिङ खबर । फत्तेपुर स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फत्तेपुरले शाखाबाट गठन भएको डांडाटेपरी महिला स्वावलम्वी समुहको सदस्य श्रीमती आसपुरा रानामगर को श्रीमान मृतक नन्दबहादुर रानामगर को काजक्रिया खर्च प्रदान गरेको छ । ग्रामीण कर्जा बीमा अन्तर्गत कर्जा लगानी गर्दा रु ५० रुपैंया प्रिमियम लिएर १४,०००।०० बराबरको काजक्रिया खर्च दिने ब्यबस्था अनुसार उक्त रकम हस्तान्तरण गरीएको हो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समुहमा आवद्ध सदस्यको कालगतीले मृत्यु भएको अवस्थामा १ सय ३० प्रतिशत , दुर्घटनामा मृत्यु भएमा २ सय ३० प्रतिशत र श्रीमानको मृत्यु भएमा रु. १४,०००।०० रकम प्रदान गर्ने गर्दछ । सोही व्यवस्था अनुसार संस्थाको शाखा कार्यालयमा समुहका सदस्यहरुको उपस्थिती र बैंक कर्मचारीहरुको सहभागीतामा बीमा रकम प्रदान गरीएको हो । उक्त कार्यक्रममा बोल्दै शाखा प्रमुख कलक राज वनले यस शाखाले विगतमा वित्तीय साक्षरता, लघुबीमा, पशुधन बीमा, लघुस्वास्थ्य बीमा, सुत्केरी स्याहार खर्च, बाढीपिडीत राहत लगायत सामाजिक उत्तरदायित्वका महत्वपुर्ण काम गर्दै आईरहेको बताउनु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]