October 14th, 2019

भिजन सेक्युरिटिजमा पनि अब मार्जिन सुविधा

बैंकिङ खबर । भिजन सेक्युरिटिजले पनि मार्जिन सुविधा दिन थालेको छ । नेटवर्थको दुई गुणासम्म मार्जिन कर्जा प्रवाह गर्न सक्ने नियम अनुसार भिजनले १५ करोड रुपैयाँसम्म मार्जिन कर्जा प्रवाह गर्नेछ ।

ब्रोकरले मार्जिन सुविधाको लागि नेपाल राष्ट्र बैंकबाट गत वैशाख १६ गते अनुमति पाएको थियो। त्यस्तै नेपाल स्टक एक्सचेन्जबाट असार १२ गते अनुमति पाएको थियो ।हाल भिजनमा १६ हजार भन्दा धेरै ग्राहक रहेका छन्।

नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार खोलेसँगै सिडिएससीले असोज एक गतेदेखि मार्जिन कारोबारको लागि स्वीकृति दिएको थियो। जसपश्चात्, ब्रोकर नम्बर ५० अर्थात् क्रिष्टल कन्चजंघा सेक्युरिटिजले असोज १४ गतेदेखि नै मार्जिन सुविधा दिन थालेको थियो ।

मार्जिन सुविधाको लागि लगानीकर्ताले नयाँ केवाइसी ‘व्यक्तिगत विवरण’ भरि क्लाइन्ट कोड लिनु पर्ने हुन्छ।मार्जिन सुविधाको लागि छुट्टै डिम्याट खाता खोल्नु पर्ने हुन्छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]