September 13th, 2019

एकै व्यक्तिको धेरै डिम्याट खाता : निरीक्षण गर्न बोर्डको निर्देशन

बैंकिङ खबर । एकै ब्यक्तिले धेरै डिम्याट खाता खोलेको र नवीकरण समेत गरिरहेको सम्बन्धमा निरीक्षण गर्न नेपाल धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ । ’सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदा समेत डिम्याट खाता खोल्ने गरेको, अनधिकृत रूपमा खाता खोल्ने गरेको र नवीकरण समेत हुने गरेको गुनासाहरू प्राप्त भएकोले यस्तो कार्य गरेको भेटिएमा कारबाही हुने’ बोर्डले उल्लेख गरेको छ । निरीक्षण प्रतिवेदन बुझाउनका लागि बोर्डले १५ दिनको समय दिएको छ ।

हाल एक लगानीकर्ताले दुई वटासम्म हितग्राही खाता खोल्न सक्ने र व्यक्ति स्वयंम उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुकूल नभएको गुनासोको आधारमा बोर्डले निक्षेप सदस्यहरुको निरीक्षण गर्न निर्देशन दिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]