February 10th, 2019

स्वदेशी लघुवित्तको अर्धवार्षिक समिक्षा र शाखा व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर। स्वदेशी लघुुवित्त वित्तिय संस्था चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा र शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ । लघुवित्तले प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा माघ २३ गते देखि तीन दिन सम्म समिक्ष तथा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । बाँकेको कोहलपुरमा आयोजना गरिएको कार्यक्रममा २९ वटा शाखाका प्रतिनिधिहरु सहभागि भएका थिए । 

संस्थाका अध्यक्ष लालमणी जोसीले शाखा प्रबन्धकहरुले संस्थाको व्यवसाय विस्तार, खराब कर्जा न्युूनिकरण तथा संस्थाको  व्यवसायिक दायरालाई फाराकिलो पार्दै सदस्यहरुलाई गुुणस्तरीय सेवा प्रवाह गर्ने विषयम प्रशिक्षण दिएका थिए । कार्यक्रममा लघुवित्तको आन्तरीक नियन्त्रण प्रणलीलाई मजबुुत बनाउँदै कर्जाको गुुणात्मक वृद्धि गर्ने तर्फ उन्मुुख हुुनुुपर्ने विषयमा छलफल भएको थियो । 

प्रमुुख कार्यकारी अधिकृत गोविन्द चापागाईंले व्यवसाय प्रबद्र्धन तथा विस्तारका साथै गुुणस्तरीय सेवा प्रवाहलाई जोड दिई जोखिम न्यूनिकरण गर्दै संस्थागत हितमा काम गर्नुपर्नेमा जोड दिएका थिए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]