January 22nd, 2019

त्रिलोक लघुवित्तले गर्यो अर्धबार्षिक समिक्षा

बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्था सुनवलले वित्तीय संस्थाको आर्थिक बर्ष २०७५।०७६ को अर्धवार्षिक समिक्षा गरेको छ । कार्यक्रममा संचालक समितिका अध्यक्ष लेखनाथ खनियाले लघुवित्तका अवसर र चुनौतीका बारेमा स्पष्ट पारेका थिए । 

कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत राजेन्द्र न्यौपाने र विभिन्न शाखाका शाखा प्रमुखहरुले प्रस्तुत गरेको आगामी त्रैमासको कार्ययोजना  सहितको रणनीतीमा छलफल भएको थियो । 

सोही लक्ष्य अनुरुप प्रगती हासिल गर्न सफल भएका शाखा कार्यालयको तर्फबाट शाखा प्रमूखहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपाने,सञ्चालक समिति सदस्य शिव प्रसाद पासी र अध्यक्ष लेखनाथ खनियाले खादा तथा प्रमाणपत्र सहीत सम्मान गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]