January 20th, 2019

मेरो माइक्रोफाइनान्सले दियो शाखा प्रमुखहरुलाई तालिम

बैंकिङ खबर। मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय सस्थाले शाखा प्रबन्धहरुलाई तालिम दिएको छ । सस्थाले बट्टार नुवाकोट, मनमैजु काठमाडौं र खैरेनीटार तनहु अनुगमन कार्यालय अन्तर्गतका शाखा कार्यालयका प्रबन्धकहरुलाई शाखा ब्यवस्थापन समबनधमा तालिम दिएको हो । 

तालिममा माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले सर्वसाधारणमा पहुँच वृद्धि र विस्तारका लागि वित्तीय संस्थाले महत्वूर्ण भुमिका निर्वाह गरेको बताउँदै तालिम समय सापेक्ष फलदायी हुने विश्वास व्यक्त गरे । 
तालिम माईक्रोफाइनान्स वित्तीय संस्थाका लागि सेवाग्राहीमा स्तरोन्नति लगायतका थुप्रै चुनौतीका विषयमा केन्द्रित थियो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]