January 17th, 2019

सेयर बजार सामान्य, कारोबार रकम घट्यो

बैंकिङ खबर । सेयर बजारमा परिसूचक नेप्से सामान्य घटेको छ । बजारमा खरिदकर्ता र विक्रीकर्ताको चाप न्यून हुँदा बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ । 

बिहीबार नेप्से शुन्य दशमलव २ अंकले घटेर ११८७.७७ अंकमा बन्द भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ । १ सय ६४ कम्पनीको २८ करोड ७७ लाख ५० हजार ३ सय २१ रुपैयाँको ८ लाख ३५ हजार ८ सय २६ कित्ता सेयर खरिदविक्री भएको छ । कारोबारमा आएका  समुह मध्ये जलविद्युत, लघुवित्त र अन्य समुहका परिसूचक बाहेक सबै समुह घटेका छन् । 

नेपाल बैंक, नगरिक सलगानी कोष, छिमेक लघुवित्तको २ करोड भन्दा बढिको सेयर कारोबार भएको छ । तर लगानीकर्ताको आकर्षण भने माथिल्लो तामाकोशीमा नै देखियो । कारोबार सुरु भएको केहि समयमै माथिल्लो तामाकोशीको सेयरमूल्य १० प्रतिशतले बृद्धि हुँदा नेप्सेले सर्किट ब्रेक लगाएको थियो । माथिल्लो तामाकोशीका सेयरधनीले झण्डै १० प्रतिशतले कमाउँदा जोशी हाइड्रोपावरका लगानीकर्ताले पनि करिब १० प्रतिशतले गुमाएका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]