January 11th, 2019

राष्ट्रिय बीमा कम्पनीको सीईओमा डिल्लीराज अर्याल नियुक्त

बैंकिङ खबर । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारीमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । मन्त्रालयबाट नियुक्तिको पत्रसँगै बिहीबार नै अर्यालले कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा हाजिर गरेका छन् । 

सञ्चालक समिति नियुक्ति प्रकृयाबाट पछि हटेपछि अर्थ मन्त्रालयले प्रकृया मिचेर अर्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनीमा प्रमुख कार्यकारीको अर्को व्यवस्था नभईञ्जेलका लागि अर्याललाई सञ्चालकसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी थप गरिएको हो ।

तत्कालिन सीईओ बीरविक्रम रायामाझीले सरकारसँगको असन्तुष्टिपछि गत कात्तिकमा नै राजीनामा दिएपछि सो पद रिक्त थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]