January 9th, 2019

सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खुल्यो

बैंकिङ खबर । सांग्रीला डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, क्रेडिट इन्चार्जका लागि केही र क्रेडिट इन्चार्ज नेशनलका लागि केही  संख्यामा कर्मचारीको माग गरेको हो  । 

बैंकले ब्रान्च म्यानेजरका लागि उपत्यका बाहिरका जिल्लाहरु महोत्तरी, गोर्खा, कपिलवस्तु र बैदडीका लागि ब्रान्च म्यानेजरको माग गरेको हो । कम्तीमा स्नातक तह उर्तिण भएको र चार बर्ष सम्बन्धित क्षेत्रमा कार्य गरेको हुनुपर्ने बैंकले जनाएको छ । 

क्रेडिट इन्चार्ज नेशनलका लागि विभिन्न ठाउँमा कर्मचारीको माग गरेको हो । कम्तीमा स्नातक वा स्नाकोत्तर गरी सम्बिन्धीत क्षेत्रमा तीन बर्ष काम गरेको हुनुपर्नेछ । 

क्रेडिट इन्चार्जमा विभिन्न ठाउँका लागि कर्मचारीको माग गरेको हो । यसका लागि स्नातक वा स्नाकोत्तर गरी क्रेडिट इन्चार्जको रुपमा ब्रान्चमा काम गरी दुई बर्ष कार्यअनुभन भएको हुनुपर्ने छ । थप जानकारीका लागि बैंकको  http://www.shangrilabank.com/jobs/क्लिक गर्नुहोस् ।  


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]