January 7th, 2019

६.६७ अंकको वृद्धिसँगै ११७७.४६ अंकमा सेयर बजार

बैंकिङ खबर । सोमबार सेयर बजार ६.६७ अंकले बढेर ११७७.४६ अंकमा पुगेको छ । उत्पादनमूलक र अन्यबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा ९२.६९ अंकले बढेको छ । १४८ वटा कम्पनीको नौ लाख १४ हजार दुई सय ३९ कित्ता सेयर तीन हजार ९३ पटक खरिदविक्री हुँदा ३० करोड १९ लाख ८७ हजार छ सय १६ रुपैयाँको कारोबार भएको छ । 

नेपाल बैंकको सबैभन्दा धेरै आठ करोड ५९ लाख २७ हजार सात सय ८२ रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको एक करोडमाथिको कारोबार भएको छ । प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनआईसी एशिया बैंक, सानिमा बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको क्रमशः ७२ लाख ५३ हजार, ७२ लाख छ हजार, ६६ लाख छ हजार, ६४ लाख  चार हजार र ६१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । 

हाथवे फाइनान्स र सिनजी पावरका सेयरधनीले क्रमशः ६.६७ र ६.५२ प्रतिशतले कमाएका छन् । सिभिल लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, समिट माइक्रोफाइनान्स, पूर्णिमा विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स, कन्काई विकास बैंक, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कालिका माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.७१ प्रतिशतका दरले गुमाएका छन् । मेरो माइक्रोफाइनान्स, हिमालयन बैंक, जनउत्थान सामुदायिक लघुवित्त, सिन्धु विकास बैंक, पोखरा फाइनान्स, हिमालयन डिस्टीलरी, बरुण हाइड्रो, नयाँ नेपाल लघुवित्त, सृजना फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]