January 6th, 2019

प्रभु बैंकको १०.२६ प्रतिशत लाभांश प्रस्ताव

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको पुस २२ गते बसेको संचालक समिति बैठकले सेयरधनीलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ । 

बैंकको प्रस्ताव अनुसार सेयरधनीले पाँच प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनको लागि समेत गरी ५.२६ प्रतिशत नगद लाभांश पाउनेछन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]