January 4th, 2019

साताभर शेयर बजार ३६.२ अंकले घट्यो

बैंकिङ खबर । शेयर बजारमा यो साता परिसूचक नेप्से घटेको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाएपनि कर्जामा अझै नघटाउँदा लगानीकर्ताले कारोबार बढाउन सकेका छैनन् । जसले गर्दा शेयरको विक्रीचाप उच्च भएका कारण नेप्से दवावमा परेको हो । 

शेयर बजारमा यो साता परिसूचक नेप्से ३६ दशमलव दुई नौ अंकले घटेर १ हजार १ सय ७८ दशमलव आठ सात अंकमा बन्द भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८ अंक बढिले घटेको छ । यो साता कारोबार रकममा उच्च गिरावट आएको छ । साताभर १ अर्ब ६१ करोड ७७ लाख ३ हजार बराबरको शेयर कारोबार भएको छ । पुष मसान्तको समय भएकाले लगानीकर्ताले विक्रीचाप बढाएको बताएका छन् । 

अर्थमन्त्रालय र नियामक निकायहले पूँजी बजार सुधारका लागि प्रयास गरेपनि एकसाता यता शेयर बजारमा कुनै प्रभाव देखिएको छैन् । त्यस्तै धितोपत्र वोर्डले बैंकलाई लाइसेन्स दिने र कारोबारको राफसाफ एकै दिनमा गर्ने व्यवस्था गर्न निर्देशन दिएपनि शेयर बजारमा कुनै प्रभाव नदेखिदा कतिपय लगानीकर्ताको मनोबल घटेको छ । खासगरि शेयर बजार लगानीयोग्य रकमको अभावका कारण प्रभावित भएको लगानीकर्ताको बुझाइ छ । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]