December 20th, 2018

काबेली विकास बैंकले ३५ प्रतिशत बोनस दिने, साधरणसभा पुस २८ गते

बैंकिङ खबर । काबेली विकास बैंकले आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस दिने प्रस्ताव अघि सारेको हो । 

बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा यही पुस २८ गते बस्ने भएको छ । सो प्रयोजनको लागि पुस १३ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । 

हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५ लाख रुपैयाँ रहेको छ । ३५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २८ करोड रुपैयाँ नाघ्ने छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]