December 9th, 2018

मेटलाईफ नेपालको दुई नयाँ डिजिटल सोलुसनको सुरुवात 

बैंकिङ खबर । मेटलाईफ नेपालले आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर दुई नयाँ डिजिटल सोलुसनको सुरुवात गरेको छ । कम्पनीले KITE नामक Global Sale & Servicing Platform (GSSP) – powered mobility sales solution तथा  कम्पनीकोे उत्पादन र सेवाहरुको प्रस्तावलाई अझ सजिलो तरिकाले ग्राहकहरुले चलाउन सक्ने नयाँ र सुधार गरिएको वेबसाईट अनावरण गरेको हो । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच मेटलाईफका बंगलादेश, नेपाल र म्यानमारका अध्यक्ष एम्. नुरुल इस्लामले उक्त सोलुसनहरुको उद्घाटन गरे ।

KITE एउटा डिजिटल सेल्स आवेदन प्रणाली हो जस मार्फत कम्पनीएजेन्ट र वित्तीय योजनाका परामर्शदाताले जुनै समय र जहाँसुकै पनि ग्राहकलाई सहज र भिन्न अनुभव प्रदान गर्न सक्षम बनाउँदछ । इच्छुक ग्राहकहरुले अब KITE Applicationले बीमाबारे जानकारी लिन, दृष्टान्त हेर्न, आवेदन फारम पुरा गर्न र डिजिटल माध्यमबाटै आवेदन पेश गर्न सक्नेछन् । यस डिजिटल सोलुसन नेपालको बीमा उद्योगमा शुरु गरिएको पहिलो प्रकारको नयाँ सोलुसन हो । यसलाई पहिलो चरणको शुरुवातमा छनौट गरिएका एजेन्टहरुलाई उपलब्ध गराउने बताइएको छ ।

त्यस्तै, मेटलाईफ नेपालले आफ्नो वेबसाईट www.metlife.com.np लाई Adobe Experience Manager(AEM)मञ्चमा एकीकरण गरी Global Web Experience प्रदान गर्नका लागि पुनर्निमाण गरेको छ । यस मञ्चमा होस्ट भएको यो नेपालको पहिलो वेबसाईट हो । यो स्थानान्तरणले दर्शकहरुलाई मेटलाईफको वेबसाईटमा सजिलै पहुँच दिनुका साथै कम्पनीले अवलम्बन गरेका नीति तथा अन्य सान्दर्भिक जानकारीहरु प्रदान गर्दछ ।

मेटलाईफ नेपालका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन् “हाम्रो समूहले यस पहललाई नेपालमा शुरुवात गर्नका लागि अमेरिका, हङकङग, सिंगापुर र मलेसियाका विश्वव्यापी र क्षेत्रीय समूहसँग निरन्तर काम गरेको छ । विश्वव्यापी विशेषज्ञता र समाधानमार्फत हामी हाम्रा ग्राहकहरुको जीवनलाई अझ साधारण र सहज बनाउन सक्नेछौँ । यस्ता पहलहरुले नेपाली बीमा उद्योगको जगतमा डिजिटल संसारको शुरुवात भएकोमा म पूर्ण रुपमा विश्वस्त छु ।”


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]