October 18th, 2018

नेटवर्क विस्तारसँगै बढ्छ वित्तीय साक्षरता पनि

महेश प्रसाद काफ्ले । नेपालमा पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको विस्तार बढ्दो रुपमा हुँदै आएको छ । नेपालमा बैंकिङ क्षेत्रको विस्तार भएजति वित्तीय साक्षरता र पहुँच बढन सकेको छैन । अन्य देशको तुलनामा नेपालको बैंकिङ पहुँच र वित्तीय साक्षरता अत्यन्त कम छ । पछिल्लो समयमा शुन्य रकमका खाताहरुले गर्दा एउटै व्यक्तिले ३ र ४ वटा बैंकमा खाता खोल्ने प्रक्रियाले गर्दा खाता गणना मात्र भएको छ । खाता संख्या बृद्धिको आधारमा नेपालको बैंंकिङ पहुँच बृद्धि भएको हो भन्ने कुरा सुनिएको छ । तर, खाता संख्या बृद्धि हुँदैमा बैंकिङ पहुँच बढेको जस्तो मलाई लाग्दैन । 

शाखा विस्तार र वित्तीय साक्षरता अभिवृद्धि
बैंकिङ पहुँच बृद्धिका लागि नेटर्वकको विस्तार गर्नुपर्छ । बैंकिङ पहुँच नपुगेका ठाउँहरुमा शाखा विस्तार गर्नुपर्छ । यस कुरामा सरकारले पनि ध्यानआकर्षण गर्नुपर्ने हुन्छ । वित्तीय साक्षरता शाखासँगै बृद्धि हुन्छ । विकट क्षेत्रमा पहिले पूर्वाधारको विकास गरी बैंकको शाखा संचालन गर्ने वातावरण तयार गर्नुपर्छ । वित्तीय साक्षरता बढाउनका लागि बेलाबेलामा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरुलाई पनि गाउँ गाउँसम्म लैजानुपर्छ ।

समस्या यहाँनिर
बैंक तथा वित्तीय संस्थाहरु भनेको त देश विकास र समृद्धिको एउटा मेरुदण्ड हो । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको विकास त भएको छ । तर, यसले सही दिशा मार्गदर्शन गर्न सकिरहेको छैन । बैंक तथा वित्तीय संस्थाहरुको लागानी उत्पादनमुलक क्षेत्र बाहिर बढिरहेको छ । त्यसकारण विशेष गरि सरकारले अर्थिक समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रलाई प्रथामिकता दिएर सहजिकरण को वातावरण बनाउन पर्छ । करको विषयमा सर्वसाधरण, उद्योगी तथा व्यापारीहरुबाट धेरै कुराहरु आइरहेको छ । त्यसकारण करको दायरालाई चुस्तदुस्त बनाउनुपर्छ । भौतिक पुर्वधारहरुको विकास नभएको ठाउँहरुमा पुर्वधारको सुविधा लैजानुपर्छ । सरकारले यी विभिन्न पक्षमा ध्यान दिन सक्यो भने नेपालको आर्थिक अवस्था सुधार हुन सक्छ ।

समृद्धिको सम्भावना र चुनौती
नेपालको बैंक तथा वित्तीय संस्थाहरुबाट आर्र्थिक समृद्धिको सम्भावना मात्रै हैन प्रचुर मात्रमा चुनौती पनि रहेको छ । नेपालको बैंकिङ क्षेत्रमा चुनौति आफैँबाट सिर्जना हुँदै आएको छ । बैंकिङ क्षेत्रले दिर्घकालिन पोलिसीहरुलाई फलो गर्न सकिरहेका छैनन् । बैंकिङ क्षेत्र अझै पनि अन्योलमै छ । बैंकहरुले गर्ने काम नै ठम्याउन नसक्ने अवस्था छ । 

बैंकिङ क्षेत्रमा प्रतिष्पर्धा
विकास बैंक ऐन २०५२ मा आएको हो । यति धेरै लामो समयको अन्तरालमा विकास बैंकहरुले कमर्सियल बैंकहरुसँग प्रतिष्पर्धा गर्नुपर्छ, एउटा बैंकले अर्को बैक तथा वित्तीय संस्थाहरुसँग प्रतिषपर्धा गर्नुपर्छ भन्ने कुरा मात्र थाहा छ । यो बैकर्स, बैंकका कर्मचारीहरुको सिमित बुझाई हो । तर, बैंक तथा वित्तीय संस्थाहरु भनेको त सिसाको एउटा घर हो जहाँ धेरै जोखिमहरु आउँछन् त्यसलाई समना गर्दै आम जनताहरुमा सेवा प्रवाह गर्नु हो । यस कुरामा  एउटा बैंक मात्र हैन् नेपालको पुरै बैंकिङ क्षेत्रको अवस्था अन्योलग्रस्त छ । 

नेपालको बैकिङ क्षेत्रलाई (क, ख, ग र घ वर्गका बैंकहरुलाई) हेर्ने मानिसहरुको साँघुरो सोच पनि बैंकिङ क्षेत्रको जटिल चुनौति हो । त्यसकारण सर्वसाधारणहरुमा यो विवेधकारी सोच हुनुहुँदैन । सबै बैंकहरुले निक्षेप लिन्छन् र कर्जा प्रवाह गर्छन् भन्ने कुरामा सर्वसाधारणहरुको विश्वास अब्बल हुनुपर्छ । अनीमात्र सिङगो देशको अर्थतन्त्र मजबुद हुन्छ जस्तो लाग्छ । (कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत काफ्लेसँग बैंकिङ खबर डट कमले गरेको कुराकानीमा आधारित) 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]