October 3rd, 2018

अब लघुवित्तहरुले पनि भुक्तानी सेवा दिने

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाहरुले पनि भुक्तानी सेवा दिन पाउने भएका छन् । मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले उनीहरुलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति दिएको हो ।

उक्त व्यवस्थाअनुसार, न्युनतम चुक्ता पूँजी १० करोड पुगेको र २० वटा शाखा कार्यालय सञ्चालनमा रहेका कम्पनीले यो सेवा दिन पाउनेछन् । यो सेवा दिनका लागि कम्तिमा २० हजार ग्राहकसँग कर्जा तथा बचतको कारोबार भएको हुनु पर्छ । यसका साथै राष्ट्र बैंकमा पेश गर्नु पर्ने तथ्यांक तथा विवरण अनलाइनमार्फत पेश गर्ने प्रतिबद्धता जनाएको हुनुपर्ने व्यवस्था छ । विश्वसनीय र भरपर्दो सूचना प्रविधि प्रणाली भएका संस्थाले मात्र भुक्तानी प्रदायको काम गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । 

लघुवित्त वित्तीय संस्थाले भुक्तानी सेवा प्रदान गर्दा कारोबार सम्पन्न भएपछि एसएमएस अलर्ट सेवा प्रदान गर्नु पर्छ । सर्ट म्यासेज सर्भिसमार्फत खाताको विवरणरवित्तीय कारोबारको जानकारी आफ्ना ग्राहकलाई दिनुपर्ने बताइएके छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]