August 31st, 2018

एनआईसी एशिया बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न तीन पदमा कर्मचारी मागेको छ । बैंकले एक हप्ता बैंकले उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानमा स्थापना गरिने क्षेत्रीय कार्यालयका लागि विभागीय प्रमुख माग गरेको थियो । एसिस्टेन्ट मेनेजर तथा डेपुटी मेनेजर तहमा रहेर सरकारी संस्था, शैक्षिक संस्था, उत्पादनमूलक क्षेत्र, वित्तीय सेवा एवम् अन्य विषयगत विभागको प्रमुखका लागि दरखास्त आह्वान गरिएको हो । स्नातक उतीर्ण गरेको र सम्बन्धित क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिन पाउनेछन् । स्नातकोत्तर उतीर्ण आवेदकलाई प्राथमिकता दिइने छ । आवेदकको उमेर २५ र ५० वर्षको बीचमा हुनुपर्नेछ । आवेदन दिने म्याद ५ सेप्टेम्बरसम्म रहेको छ । 

बैंकले फेरि डिजिटल इनोभेसन हेड एक जना र केही संख्यामा चार्टर्ड एकाउन्टेन्ट मागेको छ । यी दुई पदमा आवेदन दिने म्याद भने १२ सेप्टेम्बरसम्म रहेको छ । डिजिटल इनोभेसन हेड काठमाडौँका लागि मागिएको हो । यसका लासग २५ वर्षदेखि ५० वर्षसम्मको उमेर हद निर्धारण गरिएको छ । आईटी अथवा कम्प्युटर साइन्समा स्नातक गरेको हुनुपर्नेछ । स्नातकोत्तर गरेकोलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । कम्तीमा आठ वर्षको अनुभव मागिएको छ । 

चार्टर्ड एकाउन्टेन्टका लागि भने एक वर्षको मात्रै अनुभव मागिएको छ । उपत्यकाभित्र र बाहिर दुबैका लागि सीए मागिएको हो । २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन पाउनेछन् । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।

थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.nicasiabank.com/current-vacancies 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]