June 22nd, 2018

नविल बैंकको सीईओमा अनिल केशरी शाह नियुक्त

बैंकिङ खबर । नविल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अनिल केशरी शाह नियुक्त भएका छन् । बैंक संचालक समितिको विहीबार (असार ७ गते) बसेको संचालक समितिको ४८८औँ वैठकले विहीबारदेखि नै लागू हुने गरी शाह लाई सीईओ नियुक्त गरेको हो । 

मेगा बैंक नेपाल लिमिटेडको सीईओ पदबाट अवकाश भएपछि शाह नविल बैंकमा डेपुटी सीईओको रुपमा कार्यरत थिए । छ महिनाको कुलियङ पिरियडसम्बन्धी व्यवस्थाका कारण उनलाई सुरुमा डेपुटी सीईओको रुपमा नियुक्त गरिएको थियो । अब कुलिङ पिरियड सकिएपछि उनलाई चाल वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]