July 25th, 2016

सुधारका योजनाकार डा. रेवतबहादुर कार्की हेर्नुस्, धितोपत्र बोर्डका आगामी योजनाहरु

Rewat Bahadur Karkiपछिल्लो समय लगानीको केन्द्र बनिरहेको शेयर बजार अव्यवस्थित बन्दै गएका कारण लगानीकर्ताहरुको लगानीमा जोखिम थपिँदै गएको चौतर्फी गुनासाहरु आइरहेका बेला गत सालको कार्तिकमा शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षमा अर्थविद् डा. रेवत बहादुर कार्की नियुक्त भए । यसअघि डा.कार्कीले वाणिज्य बैंकमा सञ्चालक समिति अध्यक्ष, नेपाल स्टक एक्स्चेन्जमा महानिर्देशक, इन्टरनेशनल मोनिटरी फन्ड वासिङटन डिसिमा सल्लाहकार, नेपाल राष्ट्र बैंकमा आर्थिक सल्लाहकार, एमपि ग्रामिण विकाश बैंक नेपालगन्जमा एक्जुकेटिभ डाइरेक्टर, बैंक अफ नामिबियामा अर्थशास्त्री र यसबाहेक अन्य संघसस्थाहरुमा विभिन्न पदमा रहि काम गरिसकेका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा काम गर्दाको लामो समयसम्मको अनुभवसहित वोर्डमा छिरेपछि उनले नेपाली पुँजीबजारमा एक किसिमको चमत्कार नै गरेर देखाएका छन् । उनले वोर्डमा नियुक्त भएको दिन नै पत्रकार सम्मेलन गरेर पुँजीबजार ब्यबस्थापनका लागि आफ्ना कार्ययोजनाका बारेमा जानकारी दिएका थिए । अन्ततः उनले आघि सारेका मुख्य कार्यहरु आफ्नो कार्यकालको १ बर्ष नपुग्दै कार्यान्वयन नै गरेर देखाईसकेका छन । त्यस्तै कतिपय कार्ययोजनाहरु कार्यन्वयनको क्रममा छन् । नेपाली शेयरबजारलाई एसियाभरिकै उत्तम बनाउने उद्देश्य अनुरुप उनले नयाँ योजनाहरु पनि ल्याइरहेका छन् । पक्कै पनि उनको यो प्रयासबाट नेपाली पुँजीबजारको सुधार भएको छ । र नेपाली पुँजीबजारले आधुनिकीकरणतर्फ पाइला चालेको छ ।


१. धितोपत्रको कारोबार प्रणाली २०६४ देखि स्वचालित भईसकेका तथा २०६७ मा धितोपत्रको केन्द्रिय निक्षेप तथा राफसाफ सेवाको लागि स्थापित सिडिएस एण्ड क्यिरिङ लि.मा अधिकांश सुचिकृत कम्पनीहरु अभौतिकीकरण भैसकेको तथा विद्युतिय नामसारी र राफसाफको लागि समेत पुर्ण सञ्चालनका लागि आवश्यक व्यवस्था समेत भैसकेको परिप्रेक्षमा २०७२ साल माघ एक गतेबाट खारेजी, कारोबार रोक्का, निलम्वन र मर्जरमा परेकावाहेकका सम्पुर्ण सुचिकृत कम्पनीहरुको धितोपत्र कारोबारको पुर्ण स्वचालित सेवा अर्थात कारोबार, नामसारी र राफसाफको स्वचालित संचालन व्यवस्था गर्न गराउन नेप्से र सीडिएस एण्ड क्लियरिङ लि.लाई विशेष निर्देशन दिईएको छ । यसरी स्टक मार्केट पुर्णस्वचालित भएपश्चातको यथार्थ कार्यान्वयन हुनेछ भने नेपालको स्टक मार्केट दक्षिण एसियाका अन्य देशसरह पुर्ण आधुनिकीरिणमा जानेछ ।

२. माथि उल्लेख गरिएअनुसार माघ १ गतेबाट पुर्ण स्वचालित सेवा शुरु गर्नको लागि खारेजी, कारोबार रोक्का, निलम्वन र मर्जरमा परेका बाहेकका सम्पुर्ण सुचीकृत कम्पनीहरुको धितोपत्रहरु २०७२ पुसमसान्त सम्ममा अभौतिकीकरण (डिम्याट) गरी अभौतिक रुपमा कारोबार गर्न आवश्यक कार्य गर्न गराउन नेप्से र सीडिएस एण्ड क्लियरिङ लि. लाई निर्देशन गरिएको छ , भने अर्कोतर्फ यस्ता सुचिकृत कम्पनीहरुलाई आफ्नो धितोपत्रहरुको २०७२ पुसमसान्तसम्मा सीडिएस एण्ड क्लियरिङमा अनिवार्यरुपमा अभौतिकीकरण गर्न गराउन निर्देशनसमेत दिईएको छ । यसरी उत्त अवधिसम्म अभौतिकीकरण नगर्ने कम्पनीको शेयरको कारोबार २०७२ माघ १ गतेवाट स्वतः रोकिने छ । 

३. ओपन आउट क्राई प्रणाली (open outcry system) बाट २०६४ सालमा स्वचालित कारोबार प्रणालीमा वजा व्यवस्थापन गर्ने काममा बजारको गहिराई धितोपत्र दलाल व्यवसायीको तहमा मात्र उपलब्ध हुने गरेकोमा हाल लगानीकर्ताहरुबाट बजारको गहिरायीमा पहुँच हुनुपर्ने माग आईरहेको तथा प्रतिस्पर्धा मुल्य निर्धारणका लागि बजारको गहिराई हेर्न धितोपत्र दलाल व्यवसायीलाई दिएजस्तै गरी सम्पुर्ण लगानीकर्ताहरुलाई बजारको गहिराई तत्कालै हेर्न दिने व्यबस्था गर्न गराउन नेप्से र  सीडिएस एण्ड क्लियरिङ लि.लाई विषेश निर्देशन जारी गरिएको छ । यस व्यवस्थाबाट लगानीकर्ताहरुमा लगानी गर्दा बजार गहिराई हेरेर लगानी गर्ने अधिकार स्थापित हुनेछ ।

४. महिला, जेष्ठ नागरिक, अपांग, केटाकेटिसहितका साना लगानीकर्तालाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ फ्लोरमा थप ट्रेडिङ विण्डो यथासक्य छिटो उपलब्ध गरायने व्यवस्था गर्न गराउन नेप्सेलाई निर्देशन दिईएको छ ।

५. कतिपय एकै सेयर रजिष्टारले धेरै सुचिकृत कम्पनीहरुको सेयर रजिष्ट्रारको कार्य गरेको तर सो अनुसारको कार्यालय पुर्वाधार तथा जनशक्ति नहुँदा सेवाग्राहीले समयमा नै सेवा प्राप्त गर्न नसकिरहेको  स्थितिलाई दृष्टिगत गरी यस्तो सेवा प्रधान गर्ने सेयर रजिष्टार गर्ने संस्थाहरु मर्चेण्ट वैंकिङ कम्पनी तथा बैंकहरुलाई यो सेवालाई चुस्त गर्न सतर्क गराइएको छ, भने त्यस्तै डिम्याट सेवालाई पनि व्यवस्थित र छिटोछरितो गर्नलाई विशेष जोड दिइएको छ । 

६. काठमाण्डौ बाहिरका लगानीकर्ताहरुलाई समेत सेवा उपलब्ध गराउने उद्देश्यले धितोपत्र कारोबार पुर्ण स्वचालित सेवा आरम्भ भएपश्चात यथाशीघ्र डिम्याट सेवा सहित काठमाडौं बाहिर पनि यस्तो पुर्ण स्वचालित सेवा विस्तार गर्न पनि निर्देशन गरिएको छ । 

७. नियम पालना अधिकृतको व्यवस्थाको साथै धितोपत्रका लगानीकर्ताहरुको गुनासो सुन्ने इकाइको प्रबन्ध गरी २०७२ पौषभित्र बोर्डलाई जानकारी गराउने साथै आफुले प्रदान गर्ने सेवा र सेवा प्रदान गर्ने अवधिसमेत उल्लेख गरी डिस्प्ले बोर्डमा राख्ने व्यवस्था गर्न गराउन सम्बन्धित पक्ष ( नेप्से, सिडिएस, मर्चेण्ट बैंकर र  दलाल व्यवसायी) लाई निर्देशन गरिएको छ ।

साथै देहायका विषय पनि तत्काल र संरचनात्मक दीर्घकालीन सुधारको क्रममा रहेका छन् :

  • लगानीकर्ता परिचय पत्र लागु गर्ने सम्वन्धमा ।
  • धितोपत्रको कारोबार शुल्कलाई समसामयीक एवं प्रतिस्पर्धि बनाउने ।
  • धितोपत्र दर्ता तथा निष्काशन नियमावली तथा निर्देशिकामा समसामयिक सुधार । 
  • डिम्याट र बैंक खाताको आवद्धता र प्रधान गरिने सेवा ।
  • दलाल व्यवसायीको व्याक अफिस प्रणलीमा एकरुपता, विश्वसनीय । अद्यावधिक स्तरीयता कायम गर्ने ।
  •  धितोपत्रको सुचिकरण स्तरीय र वैज्ञाकि बनाउन । 
  • कमोडिटि मार्केटलाई कानुनीरुपमा नियमन गर्ने व्यवस्था गर्न । 
  • ओटीसी (ओभर दि काउन्टर) मार्केटलाई प्रभावकारी ढंगले सञ्चालनमा ल्याउने ।
  • हकप्रद सेयरका खरिदका लागि सेयरधनीलाई प्राप्त हुने अधिकारको कारोबार शुरुवात गरी डेरिभेटिभ मार्केटको प्रारम्भ गर्ने ।
  • कानुनी पक्षमा संरचनात्मक सधार जस्तो कतिपय नियमावलीलाई ऐनमा परिणत गर्नु पर्ने  सिडिएस  र सामुहिक लगानी कोषलाई सुदृढरुपमा व्यवस्थि तगर्न ट्रष्ट ऐन तथा अन्य ऐनहरु ल्याउनु पर्ने ।
  • मर्चेण्ट बैंकर तथा दलाल व्यवसायीको गुणस्तर वृद्धि तथा मर्चेण्ट बैंकर कार्य क्षेत्र विस्तार गर्ने ।
  • क्रेडिट रेटिङ सेवालाई प्रतिस्पर्धी र छिटो छरितो गर्ने ।
  • नागरिक लगानी कोषलाई संथागत लगानीकर्ताको रुपमा भित्र्याउने  ।
  • वास्तविक क्षेत्रका संगठित संस्थाहरुलाई धितोपत्र बजारमा सहभागिता गराउने ।
  • नेपालको संविधान २०७२ मा गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरेको साथै धितोपत्रको कारोबार पुर्ण स्वचालित हुने परिप्रेक्षमा गैर आवासिय नेपालीहरुलाई दोस्रो बजारमा प्रवेश गराउने ।
  • पुजीवजारको सुशासनमा सुधार ल्याउने ।
  • नेप्से र सिडिएस एण्ड क्लियरिङ लि. लाई संरचनात्मक सुधार । 
  • केन्द्रिय निक्षेप सेवामा सेटलमेन्ट ग्यारेन्टि फण्टको संचालन गर्ने 
  • venture capital को व्यवस्था गर्ने इत्यादि ।

उनको योजनामा समावेश भएका कतिपय योजनाहरु पूरा भइसकेका छन् । 
१. विद्यमान धितोपत्र सम्बन्धी ऐन तथा सो अन्र्तगतको नियमावलीले धितोपत्र दलालले ग्राहकसँग धितोपत्र सम्बन्धी कारोबार गर्दा बैंक मार्फत मात्र रकम लेनदेन गर्नुपर्नेछ भन्ने व्यवस्था गरेको छ । २०७२ माघ बाट पूर्ण स्वचालित प्रणाली मार्फत धितोपत्र दोस्रो बजार कारोबारको राफसाफ तथा फछ्यौंट हुन थालिसकेको र यस बाट बजारमा दैनिक कारोबार संख्यामा उल्लेख्य वृद्धि भैरहेको सन्र्दभमा धितोपत्र दलाल व्यवसायीहरुबाट बैक मार्फत कारोबार गरे÷नगरेको सम्बन्धमा स्थलगत निरीक्षण शुरुवात गरिएको छ 

२. ओ.टि.सि. बजार संचालन सम्बन्धी विनियमावली, २०६५ बमोजिम उक्त बजारमा सक्रियरुपमा कारोबार हुन नसकिरहेको अवस्थामा बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल स्टक एक्सचेञ्ज लि.को संयुक्त पहलमा हाल ओ.टि.सि बजार मार्फत सूचीकृत नभैसकेका पब्लिक लि. कम्पनीको धितोपत्रको कारोबार शुरुवात गरिएको छ । यद्यपि उक्त बजारमा कारोबार शुरुवात भएपश्चात विद्यमान शुल्कका सम्बन्धमा सरोकारवालापक्षहरुबाट गुनासोहरु समेत प्राप्त भएकोमा प्रारम्भिक अवस्थामा रहेको ओ.टि.सि.बजार मार्फत हुने कारोबारलाई थप प्रोत्साहन गर्न हाल भएका शुल्कहरुको पुनरावलोकन गरी स्वीकृतिका लागि बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्ज लि. लाई पत्राचार गरिएको छ । 

३. नेप्सेको कारोबार प्रणालीलाई अन्र्तराष्ट्रिय प्रणालीसँग सामञ्जस्य हुने र परीक्षण प्रणाली भित्र्याउनेतर्फ पहल गर्न मिति २०७२/११/२८ मा नेप्सेलाई पत्राचार गरिएकोमा उसले अटोमेटेड अनलाइन कारोबार प्रणाली विकास गर्न प्रक्रिया प्रारम्भ भई खरिद सम्झौता समेत भैसकेकोले बोर्डको निर्देशनलाई प्रष्ट गर्न अनुरोध गरेको थियो । सोही अनुरुप बोर्डले सुविधायुक्त कारोबार स्थलको व्यवस्था गरी धितोपत्र कारोबारलाई स्वच्छ र नियमित रुपमा संचालन गर्नका लागि के कस्तो प्रणालीको आवश्यकता पर्ने भएकाले त्यसको पहिचान गरी स्थापना गर्न मुलभुत रुपमा नेप्सेको नै जिम्मेवारी भएको भन्दै धितोपत्रको कारोबारको संवेदनशीलता तथा राष्ट्रिय स्तरको स्टक एक्सचेन्जमा यस्तो कारोबार प्रणाली अन्र्तराष्ट्रिय स्तरका परीक्षण प्रणाली हुनुपर्ने अपरिहार्यतालाई दृष्टिगत गरी साविक (२०६४ साल) मा कारोबारको अटोमेशन गरेको थियो । जसपश्चात् नेप्सेले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड र एडीबीसमेतको सहयोगमा अन्र्तराष्ट्रिय स्तरमा मान्यताप्राप्त कम्प्युटरकृत प्रणाली खरीद गरी सो प्रणालीमार्फत कारोबारको सुविधा प्रदान गर्दै आइरहेको छ ।  

गत माघबाट कारोबारको राफसाफ तथा फछ्र्यौटको समेत अटोमेशन भइसकेको छ । यस्तो अवस्थामा धितोपत्र कारोबारको संवेदनशीलता तथा हाल अन्र्तराष्ट्रिय स्तरको स्थापित प्रणाली प्रयोग भैरहेको सन्दर्भमा नेप्सेको विद्यमान प्रणालीलाई प्रतिस्थापन वा सुधार गर्दा अन्र्तराष्ट्रिय स्तरको प्रणालीसँग सामञ्जस्य हुने भएकाले परीक्षण प्रणाली भित्र्याउनका लागि पहल गर्न अनुरोध गरीएको छ । हाल नप्सेले अन्र्तराष्ट्रिय रुपमा परीक्षण प्रणाली प्रयोग गरीरहेको छ । सो प्रणाली प्रतिस्थापन वा सुधार गर्ने जस्तो संवेदनशील कार्यको जिम्मेवारी नेप्सेकै भएको ब्यहोरा जानकारी गराइएको छ । यसरी धितोपत्र बोर्डले पटक पटक नेप्सेको बिद्यमान कारोबार प्रणाली प्रतिस्थापन वा सुधार गर्ने जस्तो संवेदनशील कार्यको जिम्मेवारी नेप्सेकै भएको ब्यहोरा जानकारी गराउँदै आएको छ । नेप्सेसँग क्ष्लतभचलभत Internet based fully automated online trading system विकास गर्ने सम्बन्धमा भएको करारमा पक्ष नभएका बाहिरको पक्षको भनाईलाई आधार मानी करार रद्द गर्न सक्ने सम्भावना भएकोले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म करार रद्द गर्ने कुनै काम कारवाही नगर्न नगराउन उपयुक्त आदेश जारी गरी पाउँ भन्ने समेतको माग दावी गरी नेपाल धितोपत्र बोर्डलाई समेत विपक्षी बनाई काठमाण्डौं जिल्ला अदालतमा रिट निवेदन दायर गरेकोमा अदालतबाट उक्त रिट निवेदन खारेज गर्ने निर्णय भएको छ ।

४. धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यका लागि एक मात्र क्लियरिङ्ग बैंक रहेकोमा धितोपत्र कारोबारको बढ्दो आकार तथा अन्र्तराष्ट्रिय अभ्यास समेतलाई दृष्टिगत गरी २०७३ वैशाख १ गतेसम्म एक भन्दा बढी क्लियरिङ्ग बैंकको व्यवस्था गर्नका लागि सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा नेपाल स्टक एक्सचेञ्ज लि. लाई मिति २०७२/१०/१३ मा निर्देशन दिईएको थियो । सिडिएसलाई कारोबार प्रणाली उपलब्ध गराएको vendor सँग AMC नभईसकेकोले एक भन्दा बढी क्लियरिङ्ग थप्न कठिनाई भएको जानकारी नेप्सेले गराएको छ । हाल सिडिएस तथा vendor कम्पनी बिच  AMC  भएको जानकारी प्राप्त भएकोले बोर्डको निर्देशन अनुरुप एक भन्दा बढी क्लियरिङ्ग बैंकको व्यवस्था गराउन पुनः नेप्से तथा सिडिएससि लि.लाई निर्देशन दिएको छ । 

डा. कार्कीका कार्ययोजनाहरु यसरी धमाधम सफल भइरहँदा शेयर बजारमा निकै सुधार आइसकेको छ । शेयर बजारसँग सम्बन्धित र शेयर बजारबारे चासो राख्ने सबैलाई अब धितोपत्र बोर्डको अर्को नयाँ र सुधारात्मक कदमको प्रतिक्षा रहेको छ ।

यस्ता छन्, बोर्डका आगामी कार्ययोजनाहरु :

१. सिडिएस एण्ड क्लियरिङ्ग लि. ले क्लियरिङ्ग बैंक थप्ने सम्बन्धमा कार्य अगाडि बढाइसकेकोमा आगामी श्रावण मसान्त अर्थात अगष्ट १६ सम्ममा प्राविधिक कार्य सम्पन्न गरी क्लियरिङ्ग बैंक थप्ने कार्यलाई शीघ्र सम्पन्न गर्ने ।

२. लगानीकर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन (इन्भेष्टर आइडि) प्रदान गर्न  बार्डले आवश्यक प्रविधि तथा प्रकृया विकास गर्ने सम्बन्धमा प्रकृया अगाडी बढाइसकिएकोमा यसलाई आगामी भाद्र १५ गते सम्ममा अन्तिम रुप दिने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट आवश्यक कार्य गर्ने ।

३. धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा त्ंद्द मा नै पे–इन गर्न लगाउने, खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्रिकर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले परिपत्र गरी कडाइका साथ सो को पालना गर्ने गराउने ।

४. धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधारसहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा आवश्यक पुनरावलोकन गर्न आवश्यक देखिए बमोजिम यस सम्बन्धमा पहिले नै नेपाल स्टक एक्सचेञ्जबाट राय सुझाव माग गरेकोमा नेप्सेले यही श्रावण मसान्तसम्ममा राय सुझाव उपलब्ध गराउने ।

५. काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्ने सम्बन्धमा नेप्सेबाट कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेकोमा उक्त कार्यदलबाट यथाशिघ्र प्रतिवेदन प्राप्त गरी आवश्यक कार्य अगाडि बढाउने ।

६. नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भाद्र १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने ।

७. हाल बजारमा दैनिक २ अर्बको कारोबार हुन लागीसकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिम समेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्य्विधी तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्र बोर्डमा पेश गर्ने ।

८.सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त संस्थाको विनियमावलीका बिभिन्न दफाहरुमा संशोधन गर्न बोर्डको स्वीकृतिका लागि पठाएकोमा विभिन्न समयमा आएका संशोधनलाई एकीकृत गरी पेश गर्ने र बोर्डले स्वीकृति सम्बन्धी कार्य अविलम्ब अगाडि बढाउने ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]