July 12th, 2016

सरकार ढल्ने हल्लाले ओराल्यो शेयर बजार, कारोबार १ अर्बमाथि

stockकेपी ओली नेतृत्वको सरकारबाट नेकपा माओबादी केन्द्र बाहिरिएको खबरले ४७ अंकसम्म तल झरेको शेयर बजार ९.२० अंकको गिरावटसँगै बन्द भएको छ । कारोबार खुलेको केही समयमै ठूलो गिरावट देखिएको बजार अन्ततः सम्हालिँदै १६९३.०७ अंकमा पुगेर मंगलबारको कारोबार बन्द भएको हो । बजार घटेपनि सोमबारको तुलनामा कारोबार भने बढेको बढेको छ । मंगलबार १ सय ३८ वटा कम्पनीको १६ लाख ३९ हजार २ सय ५७ कित्ता शेयर ५ हजार २ सय १३ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब १३ करोड ९१ लाख ७२ हजार १ सय ७१ रुपैँयाको पुँजी परिचालन भएको छ । सोमबार ९३ करोडको मात्रै कारोबार भएको थियो ।

जनता बैंक र एभरेष्ट बैंकको क्रमशः ९ करोड ६१ लाख र ७ करोडमाथिको शेयर कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स र ग्रामीण विकास बैंकको ३ करोडमाथिको शेयर कारोबार भयो भने एनबी बैंक, नेको इन्स्योरेन्स, नविल बैंक, एनएमबी बैंक, शिखर इन्स्योरेन्स, रुरल माइक्रोफाइनान्स लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ । 

शिखर इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा बोटलर्स नेपाल, माछापूछ्रै बैंक, जनता बैंक र सिद्धार्थ बैंकका लगानीकर्ताले क्रमशः ९.९९, ९.९६, ९.९५ र ९.९४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल टेलिकम, सप्तकोशी डेभलपमेन्ट बैंक लगायतले पनि कमाएका छन् । गुमाउनेमा मिथिला लघुवित्त, लक्ष्मी लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयर, ग्रामीण विकास बैंक लगायत छन् । 

समुहगत आधारमा हेर्दा, उत्पादनमूलक र अन्य बाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा ९७.२१ अंकले घटेको छ भने वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः ६.०१, ११.७३, २७.२५, ३४.७७ र १४.३३ अंकले घटेका छन् । उत्पादनमूलक र अन्य भने क्रमशः ३०.९ र १९.९७ अंकले बढेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]