May 30th, 2016

नेपाल बैंक लिमिटेडको एटीएम अब ठिमी शाखामा पनि

nepal bank atmनेपाल बैंक लिमिटेडले सोमबारदेखि आफ्नो ठिमी शाखामा पनि एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका सदस्य सुरेन्द्र बहादुर सिंह तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले संयुक्त रुपमा उक्त एटीएम सेवाको उद्घाटन गरे । यो सहित नेपाल बैंक लिमिटेडको एटीएम सेवा संख्या ३९ पुगेको छ । निकट भविष्यमा बैंकले थप १५ स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । बैंकका अन्य एटीएम सेवा काठमाडौँ उपत्यका लगायत मोफसलमा सञ्चालनमा छन् । यस बैंकको एटीएम कार्ड प्रयोग गर्ने ग्राहकहरुले भारतमा पञ्जाव नेशनल बैँकको एटीएमबाट समेत सेवा सुविधा लिन सक्नेछन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]